ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याजदरको उतारचढाव कम गर्न खुला बजार कारोबार विनियमावली संशोधन


abc

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा तरलता व्यवस्थापन गर्ने बजार ब्याजदरलाई व्यवस्थित गर्न खुला बजार कारोबार विनियमावलीको तेस्रो संशोधन गरेको छ।

राष्ट्र बैंकले अल्पकालिन ब्याजदरमा आउने उतारचढाव न्यूनीकरण गर्दै ब्याजदरलाई मौद्रिक नीतिले तय गरेको ब्याजदर करिडोर कायम गर्न विनियमावलीको तेस्रो संशोधन गरेको हो।

वित्तीय बजारमा देखिने साधारण प्रकृतिको न्यून(अधिक तरलतालाई व्यवस्थापन गर्न आवश्यकताअनुसार साताको कुनै पनि कार्य दिनमा बढीमा चौध दिनसम्मलाई उपकरणमा आधारित खुल्ला बजार कारोबार गर्न सकिने उल्लेख छ।
नियममित र खुलाबजार कारोबार तत्कालिन आवश्यकता र परिस्थति बमोजिम लिन पाइने भएको छ।

खुल्ला बजार कारोबारको अधिकतम् बक्यौता ३० अर्ब ननाघ्ने गरी गरी दैनिक १० अर्ब हुने उल्लेख छ।

के हो खुला बजार कारोबाररु
बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद–बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।

खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्छ र ब्याजदर कम हुन जान्छ।

त्यस्तै, खुला बजारमा ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरलता प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र ब्याजदर बढ्छ ।

नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत रहेको ‘खुला बजार कारोबार सञ्चालन समिति’ले मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न नियमित, आकस्मिक एवं संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचनासम्बन्धी प्रतिवेदन तथा निक्षेप एवम् कर्जाको विस्तार, अन्तरबैंक ब्याजदर, विदेशी विनिमयको प्रवाहलगायतका वित्तीय सूचकका आधारमा आवश्यकताअनुसार खुला बजार कारोबार सञ्चालन गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

सम्बन्धित

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या

भारत र क्यानडाबीच तनाव बढ्दा के चीनलाई फाइदा हुन्छ ?

सहायक रथी अधिकारीको पदावधि थप : प्रश्नको घेरामा सेना र सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com