ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाणलाई केन्द्रीय कारागार पुगेर भेटे शशांकले


एबीसी न्यूज

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता डा: शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर बुधबार भेटेका छन्।

बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका उनले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको बताइएको छ।

नक्कली शरणार्थी प्रकरणमा जेल पर्नुअघि खाण कांग्रेसमा शक्तिशाली नेता मध्ये एक थिए। संस्थापन पक्षमा रहेका खाण अचानक जेल जानुपरेपछि उनलाई भेट्न दैनिकजसो नेताहरु पुग्ने गरेका छन्।

पछिल्लो समय उनलाई भेट्न धेरैजसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी पुग्ने गरेका छन्। त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले पनि नियमित भेट्ने गरेका छन्।

कांग्रेस नेता शेखरले केन्द्रीय कारागार पुगेर भेटे बालकृष्णलाई
यसअघि खाणलाई परराष्ट्र मन्त्री एनपी साउदले पनि जेलमा पुगेर भेटिएसकेका छन्। कांग्रेसका अर्का नेता डा। शेखर कोइरालाले खाणलाई गत साउन १३ गते केन्द्रीय कारागार पुगेर भेटेका थिए।

खाणसहित नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरुले रिहा गर्न माग गरेको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।

यसअघि सबै अभियुक्तहरुको फाइल एकैठाउँ राखेर पेस गर्न अदालतले भनिसकेको छ। दुई नेताबीचको कुराकानीबारे केही खुलेको छैन।

उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाएको थियो। अब ती सबै प्रतिवेदनलाई एकै ठाउँ राखेर मुद्दाको सुनुवाइ अघि बढ्दैछ।

अब उच्च अदालतले खाणसहित थुनामा रहेकाहरुलाई रिहा गर्ने वा जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय लिने छ। तर मुद्दाको सुनुवाइको मिति निश्चित भइसकेको छैन।

कांग्रेसको १४ औँ महाधिवेशनमा कोइराला पनि शेरबहादुर देउवाकै क्याम्पमा थिए। खाण पनि संस्थापनबाटै केन्द्रीय सदस्यमा उठेर विजयी भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com