पाल्पा, १३ भदौ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेका छन् ।
तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्