ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्साबाट विवाद बल्झाउने र चर्काउने अभियानमा चीनले भारतलेको अरुण्चालको दावी गर्दै नक्सा जारी


ABC NEWS

काठमाडौं १३ भदौ । पछिल्लो समय हरेक देशले आआफ्ना नक्सा सार्वजनिक गरेर नभएको विवाद बल्झाउने र भएको विवाद चर्काउने प्रतिस्पर्धा जस्तै देखिएको छ । हालै चीनले भारतको अरुणाचल प्रदेशलाई आफ्नो भूभागमा समेटेर सोमबार नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको तनाव थप बढेको छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले भारतको अरुणाचल, अक्साई चीन तथा ताइवान र दक्षिण चीन सागरलाई आफ्नो क्षेत्रमा पारेर पुरानै नक्सा नयाँ रुपमा सार्वजनिक गरेको छ ।

चाइना डेलीका अनुसार उक्त नक्सालाई ‘२०२३ को चीनको स्ट्यान्डर्ड नक्सा’ भनिएको छ । चीनको सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले नयाँ नक्सालाई सामाजिक सञ्जालमार्फत पहिलो पटक सार्वजनिक गरेको हो ।

चीनले गत अप्रिलमा अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गरेर चिनियाँ नाम घोषणा गरेको थियो । त्यसअघि पनि चीनले अरुणाचल प्रदेशका अन्य स्थानको नाम बदलेको थियो । चीन र भारतबीच अरुणाचल प्रदेशलाई लिएर विगत लामो समयदेखि विवाद रहँदै आएको छ ।

गत साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच साइडलाइन वार्ता भएको थियो । उक्त वार्तापछि सीमामा दुई वर्षदेखि कायम तनाव कम हुने अपेक्षा गरिएकोमा त्यसविपरीत नयाँ नक्साले दुई देशबीचको तनावलाई थप बढाउन सक्ने देखिन्छ । तीन वर्ष अगाडि २०२० जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकहरू एकआपसमा भिड्न पुगेका थिए । त्यसले बढाएको तनाव अझै साम्य भइसकेको छैन । सैन्य तहमा १९ पटक भइसकेको वार्ताले लद्दाख क्षेत्रको सीमा विवाद समाधान गर्न नसकेको बेला भारतमा हुन लागेको जी–२० सम्मेलनको मुखमा नक्सा विवाद थपिएको छ ।

चीनले प्रकाशित गरेको नक्साको भारतले विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले कूटनीतिक च्यानलबाट त्यस विषयमा चीनसमक्ष कडा विरोध जनाइएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । ‘हामी यस्ता दाबीहरूलाई अस्वीकार गर्छौं, किनभने यसमा कुनै आधार छैन ।

चिनियाँ पक्षको यस्तो कदमले सीमा समस्या समाधानको सवाललाई जटिल मात्रै बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ । चीनको दाबीलाई ‘बेतुक’ संज्ञा दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले यस्तो दाबी गर्दैमा भारतको भूभाग चीनको नहुने सञ्चारमाध्यमलाई बताएका छन् ।

केहीसमय अघि भारतले नयां संसद भवनमा ससंस्कृतिक नक्साका नाममा मुरल भन्दै नक्सा सर्वजनिक गरेपछि नेपाल लगायतका देशमा विवाद भएको छ ।सन् २०१९ मा भारतले नयां नक्सा सर्वजनिक गेपछि त्यसको जबाफमा नेपालको संसदल े पनि नयाँनक्सा जारी गरिसकेको छ । यी सवै नक्सा विवादित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com