ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन : व्यवसायी भन्छन्– केही राहत, तर अर्थतन्त्र चलायमान हुँदैन


एबीसी न्यूज

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९, संशोधन गरेको छ । संशोधित मार्गदर्शनमा उद्योगी र व्यवसायीलाई केही राहत दिन खोजिएको छ ।

चालु पुँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिटमा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार सात दिन कर्जासीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्नुपर्ने व्यवस्था छ । पहिलो वर्षका लागि ऋणीले लगातार सात दिन कुल कर्जासीमाको ३० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्नेछन् । दोस्रो वर्षका लागि ऋणीले लगातार सात दिन कुल कर्जासीमाको २० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्नेछन् ।

तेस्रो वर्षपछि ऋणीले लगातार सात दिन कुल कर्जासीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो बक्यौता शून्यमा झार्नुपर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्थाले व्यवसायीले केही राहत महसुस गरेका छन् । समग्र बैंकिङ प्रणालीबाट कुल एक करोड रुपैयाँसम्म चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागु नहुने बताइएको छ ।

उत्पादनमूलक उद्योगको हकमा भने तीन करोडसम्मलाई मार्गदर्शन लागु हुने छैन ।

संशोधित चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले केही राहत दिए पनि समग्र अर्थतन्त्रलाई सम्बोधन नगरेको व्यवसायीको भनाइ छ । समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ मार्गदर्शन लक्षित नभएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । “उत्पादनमूलक उद्योगलाई राहत दिन खोजेको छ, तर समग्र अर्थतन्त्रलाई यो संशोधनले चलायमान बनाउँदैन,” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि यसले अर्थतन्त्रलाई चलायमान नबनाउने जिकिर गरे । “पहिले चालु पुँजी कर्जा आर्थिक वर्षको कुनै सात दिन शून्यमा झार्नुपर्ने व्यवस्था थियो, अहिले १० प्रतिशतभन्दा कम राख्नुपर्ने व्यवस्था भएको छ,” उनले भने, “यो व्यवस्थाले केही राहत त दियो, तर समग्र अर्थतन्त्र चलायमान भने हुँदैन । संशोधन मार्गदर्शनले उत्पादनमूलक उद्योगलाई बढी प्राथमिकता दिएको छ ।”

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले पनि उत्पादनमूलक क्षेत्रलाई बढी प्राथमिकता दिएर मात्र अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । “चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा हाम्रा केही माग सम्बोधन भए ।

उत्पादनमूलक क्षेत्रलाई लचिलो बनाइएको छ, उत्पादनमूलक उद्योगको जीडीपीमा योगदान ठूलो छैन,” उनले भने, “अन्य उद्योग तथा व्यवसायलाई प्राथमिकता नदिएर अर्थतन्त्र चलायमान हुँदैन ।

तर, उक्त संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ । संशोधित व्यवस्थाले निर्माण व्यवसायीलाई सहयोग पुग्ने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com