ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको अपेक्षा माओवादीले सरकारको नेतृत्व गरिरहोस् भन्ने छ : पुन


abc

काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा आफ्नो पार्टीले सरकारको नेतृत्व गरिरहोस् भन्ने रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनताको सो अपेक्षामा ठेस लाग्न दिन नहुनेमा जोड दिए । पार्टीका कमजोरीलाई सच्याएर देशको राजनीति सही दिशामा लैजानुपर्ने उनले बताए ।

“जनताको अपेक्षा के छ भने, आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड प्रचण्ड र प्रचण्डवरिपरिका नेताहरूले नेतृत्व गरोस् भनेर सोचेका छन्, त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् ।

हामी हाम्रो पार्टीका कमजोरीहरू हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ,” उनले भने, “आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेन्डाहरू वरिपरिबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौँ, नत्र खत्तम नै भयौँ, सिद्धियौँ कि के हो भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरू नै कोही छन् कि भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शून्यता हुन्छ ।

हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रूपान्तरणका पक्षपाती हौँ ।

सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउनुपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

सम्बन्धित

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

चीन भ्रमण अत्यन्त उत्साहजनक– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

नेपाली महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोह प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com