ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम


abc

काठमाडौं, १२ भदौ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी ९तेस्रो संशोधन नियमहरू २०८०ु पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा थिए ।

अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ । शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एकवर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।

संशोधित नियममा भनिएको छ
कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुन बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ।

तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनुअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन पाँच बर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ।

त्यसैगरी नागरिकता सच्चाएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने छ्न् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com