ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अनुसन्धानमा प्रधानमन्त्री नै तानिए छोड्न आवश्यक छैन’


एबीसी न्यूज

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका काम कुर्सी टिकाउनका लागि नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद असिम शाहको प्रश्नको जवाफ दिँदै उनले निराशावादी भाष्यलाई चिर्न सरकारले राम्रो काम गरेको जिकिर गरे ।

शाहले ‘कुर्सी टिकाउन र दलहरूलाई ‘साइज’मा ल्याउन भुटानी शरणार्थी, गौर हत्याकाण्ड, गिरीबन्धु टी स्टेटको विषय उठाएको हो रु’ भन्दै प्रश्न गरेका थिए ।

“सरकारका यी काम कुुर्सी टिकाउनका लागि होइन । बरु, देश र जनता, राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन भन्ने निराशावादी भाष्य चिर्न,” उनले भने, “सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको स्थापित गरिएको छ ।”

सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत, कानुनी सुधारका कार्य अघि बढाएको उनले बताए । उनले कसैलाई बचाउने र कसैलाई अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम नगरिएको उल्लेख गरे ।

अनुसन्धानका निकायलाई दोषी नउम्किऊन् र निर्दोष नफसून् भन्ने निर्देशन दिइएको उनले बताए । अनुसन्धानका क्रममा प्रधानमन्त्री नै प्रकरणमा संलग्न देखिए पनि नछोड्न निर्देशन दिइएको उनले जानकारी गराए ।

“यदि, अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन, मेरो पार्टीको कुनै नेताको त के कुरा भन्ने मैले सार्वजनिक रूपमा भन्दै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भने ।

सबै भ्रष्टाचार प्रकरणलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । छानबिनमा आफ्नो र पराई भनेर विभेद नगरिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com