काठमाडौं, १२ भदौ । नेपाल र एमसीसीबीच ०७४ भदौ २९ गते सम्झौता भएको थियो । एमसीसीले नेपालका सडकको मर्मतसम्भार, सुधार र विद्युत् प्रसारणलाइनको विकासमा ५० करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार ती आयोजना सम्पन्न गर्न नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।
एमसीसी सम्झौता पाँच वर्षको रहेको छ । उक्त अवधिमा सम्झौतामा तोकिएका कार्य सम्पन्न गर्नुपर्नेछ ।
यहाँ रहँदा एमसीसी उपाध्यक्ष अलफोर्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्