ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर फर्किँदा पैसा नभएपछि मोबाइल चोरी, पक्राउ पर्ने डरले आमा र २ छोरामाथि चक्कु प्रहार


एबीसी न्यूज

काठमाडौं, १२ भदौ । बझाङमा गत मङ्गलवार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बझाङ सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय एबललाई चक्कु प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।श्रीमान् कलम बिक काठमाडौँमा रहेको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि चौधरीले आक्रमण गरेका थिए ।

४ गते राति करिब १२ बजेको आसपासमा चौधरीले सुनिता विक र उनका दुई छोरालाई चक्कु प्रहार गरे । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले चौधरी मोबाइल चोर्न घर भित्र पसेको र आफू पक्राउ पर्न सक्ने डरले चक्कु प्रहार गरेको बताए । ‘घर भित्र बत्ती बलिरहेको र उज्यालोमा मोबाइल देखेपछि त्यही मोबाइल चोर्न ऊ घर भित्र पसेको देखिन्छ’ प्रहरी उपरीक्षक भण्डारीले भने, ‘झ्याप्प कोही उठेको जस्तो लागेर आफू पक्राउ पर्न सक्ने भन्दै अन्धाधुन्द चक्कु हानेको हो । चौधरीले भने चोरेको मोबाइल लिएर कैलाली आउने तरखरमा थिए । उनी दुई दिनपछि घर आउने तयारीमा रहेको र त्यो भन्दा पहिले केहि रकम जोहो गर्न मोबाइल चोर्ने योजना अचानक बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
‘५÷७ महिना काम गरेर कमाइ केहि भएन । जाने बेलामा जम्मा ५ हजार हिसाब बचेको रहेछ । २्३ हजार कता तिर्न रहेछ । कमाइ गरेर नसकेपछि चोरेर भए पनि केहि पैसा लैजान्छु भनेपछि ऊ त्यो घर भित्र पसेको देखिन्छ ’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने । आक्रमण पछि प्रहरीले त्यस वरपर बस्ने मान्छेहरूका विषयमा छानबिन सुरु गरेको थियो । शङ्कास्पद थुप्रै व्यक्तिहरूको बीचबाट प्रहरीको नजर चौधरी सम्म पुगिसकेको थियो ।

चौधरी ६ गते नै बझाङबाट कैलाली हिँडिसकेका थिए । ‘प्रारम्भिक अनुसन्धानले केहि तथ्य देखाएको थियो त्यसैमाथि अभियुक्त व्यक्ति बसमा टिकट काटेरै कैलाली गएको देखिएपछि हाम्रो ठम्याइ अझै बलियो भयो ’ ती प्रहरी अधिकारीले भने ‘त्यस पछि अनुसन्धान बझाङबाट कैलाली केन्द्रित भयो ।’ घटना भएको केहि दिनमै प्रदेश प्रहरी कार्यालयको टोलीसँगको समन्वयमा चौधरी पक्राउ परे । उनको साथमा प्रहरीले बझाङमा चोरी गरेको मोबाइल पनि बरामद गर्‍यो ।बझाङ प्रहरीले ८ गते नै चौधरीको संलग्नता हुन सक्ने आधार प्रमाण फेला पारिसकेको थियो । तर, बझाङबाट कैलाली पुगेर पक्राउ गर्दा समय लाग्न सक्ने भएको हुँदा प्रहरी नायव उपरीक्षक भण्डारीले प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराएका थिए ।९ गते बिहानै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । उनी घरमै रहेको अवस्थामा ९ गते नै प्रदेश प्रहरीको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बझाङलाई बुझाएको हो । चौधरीमाथि डाँका चोरी र ज्यान मार्ने उद्योगमा कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com