ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार जरिवाना तिराउने क्यानको निर्णय


एबीसी न्यूज

काठमाडौं, ११ भदौ, । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्रिमिक एयर प्रालिका अध्यक्ष रामेश्वर थापालाई पटक पटक प्राधिकरणको काममा बाधा पुर्‍याएको भन्दै १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

प्राधिकरणको नियम र कानून पटक पटक उल्लंघन गरेर उल्टै सुरक्षा निर्देशनहरुको विरुद्धमा श्रृंखलाबद्ध गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको अभियोग थापामाथि छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन,२०५३ को दफा २५ को उपदफा २ बमोजिम उक्त जरिवाना भएको क्यानले जनाएको छ ।

यसबाट पनि उनले अवज्ञा गरे सिम्रिक एयरका सबै उृडान बन्द गर्ने चेतावनी समेत क्यानले दिएको छ ।

थापालाई प्राधिकरणले स्पष्टीकरण सोधेको सो पत्रको जवाफ नदिई उनले आदेश तथा निर्देशनको अवज्ञा गरेपछि जरिवानाको निर्णय भएको हो ।

विमानस्थलमा प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्धार उडानबाहेक अन्य उडानमा प्रतिबन्ध लगाएकोमा थापा अध्यक्ष रहेको सिम्रिक एयरले अवज्ञा गरेको थियो ।

अर्धन्यायिक निकाय प्राधिकरणको निर्देशनविपरीत थापाले उल्टै ७ दिने चेतावनीसहित अख्तियारलाई समेत बोधार्थ दिएर काम कारबाहीमा प्रत्यक्ष रुपमा प्रभावित पार्न खोजेको आरोप छ ।

के हो थापामाथिको आरोप ?

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार सिम्रिक एयर प्रालिका अध्यक्ष थापाले नेपालको हवाई आकाशलाई सुरक्षित बनाउन क्यानले गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटक पटक अवरोध सिर्जना गरेकाले यसपटक बाध्य भएर कारबाही गर्नुपरेको हो ।

उनले शक्तिको आडमा गैरकानूनी काम गर्दा हवाई सुरक्षामा प्रश्न उठेको छ । पछिल्लो समय क्यानको निर्देशन मान्नुको साटो आफ्नो लगानीको सञ्चारमाध्यमको दुरुपयोग गर्दै उनले निरन्तर क्यान नेतृत्वमाथि भ्रमपूर्ण प्रचार गरिरहेको आरोप छ ।

प्राधिकरणको एनेमै क्यानबाट अनुमति वा इजाजत प्राप्त हवाई सेवा प्रदायक निकायको नियमित रुपमा अनुगमन, निरीक्षण तथा नियमन गरी आवश्यकताअनुसार संलग्न निकाय, संस्था तथा व्यक्तिलाई उडान सुरक्षा तथा हवाई सुरक्षा अभिवृद्धि गर्न विशेष आदेश तथा निर्देशन दिन सक्ने उल्लेख छ ।

सोही प्रावधान टेकेर क्यानले गरेका नीतिगत निर्णय लागू गराउन खोज्दा सिम्रिक एयरले पटक पटक अवज्ञा गरेको थियो । थापाले क्यानको निर्णयविरुद्ध वायुसेवा सञ्चालक संघ नेपालको लेटरप्याडमा वक्तव्य निकालेर यसअघि पनि भ्रम फैलाएका थिए ।

थापामाथि गत वर्ष अत्यावश्यक सेवामा बन्द हड्ताल निषेध गर्ने कानूनविपरीत वायुसेवा कम्पनीलाई प्राधिकरणविरुद्ध उतारेर बन्द गर्ने धम्की दिएको तथा प्राधिकरणको विद्यमान नीति, निर्णय तथा कार्यादेशविरुद्ध सञ्चारमाध्यमहरुबाट भ्रम फैलाएर अडिटलाई प्रभावित पार्न खोजेको आरोपसमेत छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com