ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिमा ओली र नेपाल सँगसँगै


abc

काठमाडौं, ११ भदौ, । २०७८ भदौ २ गते पार्टी विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा बिरलै बसेका छन्। राजकीय कार्यक्रमहरूमा बाहेक उनीहरू एउटै मञ्चमा देखिँदैनन् पनि।

गत मंगलबार भदौ ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा एमाले अध्यक्ष ओली गएनन्।
अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया पर्छ भनेर ओली बैठकमा नआएको टिप्पणी गरे।

अध्यक्ष नेपालको यही अभिव्यक्तिबाट प्रष्ट हुन्छ, उनीहरू एक(अर्कालाई देख्नेबित्तिकै पनि आफूलाई कति असहज महसुस गर्छन्। र, देख्नै नपरे हुन्थ्यो ठान्छन्

सोमबार यी दुई अध्यक्ष एउटै लहरमा बसे। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको निर्वाचनमा उनीहरू एउटै लहरमा बसेका हुन्।

पूर्वप्रधानमन्त्रीको हैसियतमा दुवै अध्यक्षलाई सँगसँगै बस्ने बन्दोवस्त मिलाइएको थियो।

एउटै लहरमा सँगै बस्दा दुबै नेताले केही असहज महसुस गरेको उनीहरूको भावभंगीले नै प्रष्ट देखाउँथ्यो।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका तर्फबाट राजकिशोर साहको उम्मेदवारी परेको थियो।
एकल उम्मेदवारी परेकाले मतदानको प्रक्रिया अघि बढाउनु परेन।

सभापति चयनको विधि पुर्‍याउनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली र नेपाल पनि उपस्थित थिए। सँगै बसे पनि दुई अध्यक्षबीच संवाद भने नभएको सांसदहरूले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

सम्बन्धित

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com