ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्यारेकबाट एक्लै निस्किएर बेपत्ता मेजर गाडी रिजर्भ गरेर त्रिपुरा पुगेका थिए


एबीसी न्यूज

काठमाडौं, ११ भदौ, । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित सदरमुकामबाट गाडी रिजर्भ गरेर त्रिपुरा पुगेको खुलेको छ।

आइतबार अपरान्ह ४ बजे सुरक्षागार्डलाई समेत ब्यारेकमै छाडेर निस्कएका पण्डितले करिब एक घण्टाको दूरीमा रहेको त्रिपुरासम्म गाडी रिजर्भ गरेर पुगेको खुलेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।

‘उहाँ दुनैबाट त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। त्यहाँ जानका लागि गाडी नै रिजर्भ गर्नु भएको खुलेको छ’, पोखरेलले  भने, ‘उहाँको मोबाइल फोनको अन्तिम लोकेशन पनि त्रिपुरा आसपास नै देखाएको छ। पीएसओसमेत ब्यारेकमा छाडेकाले अनेक आशंका गर्ने अवस्था आएको छ।

डोल्पाको ब्यारेकबाट मेजर बेपत्ता, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली
मेजर पण्डित हराएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै त्रिपुरा पुगेर फर्किएको छ। पण्डितले प्रयोग गर्दै आएको मोबाइल फोनको अन्तिम लोकेशन त्रिपुरा देखाएपछि स्विच अफ छ।

‘उहाँको खोजीका लागि डीएसपीको नेतृत्वको टोली पुगेर फर्किएको छ। अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली जुटैको छ’, उनले  भने, ‘उहाँको खोजीका लागि जुम्लाबाट पनि प्रहरी टोली डोल्पातर्फ अघि बढेको छ। भेरी करिडोरको सबै क्षेत्रमा ब्यापक खोजी भइरहेको छ। तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन।’

मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। प्रजिअ पोखरेलले दुर्गम क्षेत्रमा टेलिफोन नेट्वर्कको समस्या हुँदा पनि खोजीमा समस्या भएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com