ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्तस्राव रोक्न मिर्गौला झिकियो, लापरबाहीले मृत्यु होइन : अस्पताल


abc

काठमाडौं, ११ भदौ, । पत्थरीको शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पताल यतिखेर तनावग्रस्त बनेको छ । घटना गएको शनिबार रातिको हो ।

अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पताल प्रशासनले भने लापरबाहीका कारण नभइ ‘दुर्घटनावश’ बिरामीको मृत्यु भएको जिकिर गरेको छ ।

दुईपक्षीय सहमतिका लागि अस्पतालमा छलफल जारी छ । मृतकका आफन्तका तर्फबाट ६ र अस्पतालका तर्फबाट तीनजनाको टोलीबीच छलफल भइरहेको छ ।

यस्तो थियो घटना
दुवै मिर्गौलामा ११ र ९ एमएमका दुई पत्थरी देखिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीलाई शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार दिउँसो नै उनको पीसीएनएल ९ढाडमा सानो प्वाल पारी टेलिस्कोपको माध्यमबाट मिर्गौलाको पत्थरी झिक्ने पद्धति०बाट बायाँ मिर्गौलामा रहेको पत्थरी झिकिएकोे थियो । तर, साँझ ७ बजे चौधरी बेहोस भएको र निरन्तर रक्तस्राव भएको मृतकका आफन्तले बताएका छन् । मिर्गौलाको नशा काटिएर रक्तस्राव भइ पेट फुलेको आफन्तको भनाइ छ ।

रक्तस्राव नरोकिएपछि चिकित्सकले बायाँ मिर्गौला शल्यक्रिया गरी झिकेका थिए । त्यसपछि अवस्था जटिल भएका चौधरीको राति नै मृत्यु भएको थियो ।

अस्पतालका अध्यक्ष महेश जोशीले लापरबाहीका कारण नभइ दुर्घटनावश बिरामीको मृत्यु भएको जिकिर गरे । “अत्यधिक रक्तस्राव भएपछि मिर्गौला निकाल्नुको विकल्प हुँदैन । अस्पतालको लापरबाहीले होइन, उहाँको उपचारकै क्रममा मृत्यु भएको हो,” जोशीले  भने, “त्यही पनि हामीले समिति बनाएरै घटनाको छानबिन गरिरहेका छौँ ।”

चौधरीको दायाँ मिर्गौला भने ठिक अवस्थामा रहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com