ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको कार्यसूची यस्तो छ, ५ दिन पूरा व्यस्त, २३ सेप्टेम्वर विहान हाङचाओ पुग्ने


ABC NEWS

काठमाडौं १० भदौ । संयुक्त राष्ट्र संघ को ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलको भदौ ३० गते अर्थात सेप्टेम्वर १६ मा अमेरिकास्थित न्युयोर्क जाने भएका छन् ।

न्यूयोर्कमा रहुन्जेल नेपालको प्रतिनिधिमण्डलले यूएनका मुख्य कार्यक्रमहरूमा महत्वपूर्ण सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले संयुक्त राष्ट्र संघमा सहभागी हुने कार्यक्रमको सूची तयार भइसकेको र प्रतिनिधिमण्डलको सूची टुंगो लगाउने अन्तिम तयारी भइरहेको जानकारी अनलाइनखबरलाई दिइन् ।

‘यूएनका मेजर इभेन्टहरूमा सहभागिता जनाउने भनिएको छ । विशेष गरी दिगो विकासका लक्ष्यहरू ९एसडीजी० को हाम्रो मुलुकको कार्यप्रगतिको समीक्षा, क्लाइमेट एम्बिसन समिटमा सहभागिता, फाइनान्सिङ डेभलपेन्ट, हामीले नेतृत्व गरिरहेको एलडीसीको अध्यक्षतामा बैठक सञ्चालन गर्नेलगायत करिब एक दर्जन कार्यक्रममा सहभागी हुने तयारी सम्पन्न भएको छ’, उनले भनिन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल न्यूयोर्क जाने तय भएपनि त्यसमा को को सहभागी हुने भन्ने टुंगो लगाउने काम भइरहेको उनले जानकारी दिइन् ।

नेपालले संयुक्त राष्ट्र संघको महासभामा विशेष गरी दिगो विकासका लक्ष्य ९एसडीजी० सम्बन्धी समिटमा सहभागिता जनाउने, यही वर्षदेखि आफू अध्यक्ष रहेको अतिकम विकसित राष्ट्रहरू ९एलडीसी० को अध्यक्षता गरेर कार्यक्रम सञ्चालन गर्ने, वाणिज्य विकास र क्लाइमेट चेञ्जमा नेपालले भोगिरहेका समस्या र यसको समाधानका विषयमा हुने क्लाइमेट एम्बिसन समिटमा महत्वपूर्ण सहभागिता जनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

नेपालले महामारीको रोकथाम, पूर्वतयारी र समाधान, विश्वव्यापी स्वास्थ्यसम्बन्धी समस्या, क्षयरोग सम्बन्धी लडाईँ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छ । यस्तै लामो समयदेखि नेपाल अध्यक्ष रहेको सार्क मन्त्रीस्तरीय र अन्य विभिन्न मुलुकबाट प्रस्ताव भएका तथा नेपालले प्रस्ताव गरेका साइडलाइन वार्तामा सहभागी हुने गृहकार्य भएको छ ।

यूएन महासभामा सहभागी हुने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल ३० भदौमा प्रस्थान गर्नेछ भने १ र २ असोजदेखि संयुक्त राष्ट्र संघका कार्यक्रममा सहभागी हुनेछ । यस्तै प्रधानमन्त्रीले सेप्टेम्वर २१ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

चार वर्षपछि नेपालले प्रधानमन्त्रीस्तरको सहभागिता जनाउँदैछ । प्रधानमन्त्री प्रचण्ड उक्त महासभामा भाग लिएर त्यहाँबाट चीन भ्रमणमा जाने तय भएको छ ।
प्रधानमन्त्री नेतृत्वमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा परराष्ट्रमन्त्री एनपी साउदसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने भए पनि को–को सहभागी हुने भन्ने अझै टुंगो लागिसकेको छैन ।

‘अहिलेसम्म सम्बन्धित क्षेत्रसँग जोडिनुभएका अधिकारी जानुहुन्छ होला भन्ने छ । तर हामी त्यसको तयारीमा नै छौं’, प्रवक्ता लम्सालले भनिन्, ‘प्रतिनिधिमण्डलको नेतृत्वको प्रधानमन्त्रीज्यूको हुनेछ । बाँकी टोलीको टुंगो लागेपछि सार्वजनिक होला ।’

न्यूयोर्कमा सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्न पहल गर्ने तयारी नेपालको छ । यूएनमा छुट्टाछुट्टै कार्यक्रममा छुट्टाछुट्टै तहको प्रतिनिधि तहमा सहभागिता हुन्छ । नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व पनि सोही अनुसार गर्नुपर्ने भएकाले भ्रमण टोलीको सदस्य छनौट हुनेछन् ।

सन् २०१८ मा सम्पन्न ७३औं महासभामा नेपालबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । त्यसपछि सन् २०१९ मा ७४औं महासभालाई नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका थिए भने २०२० मा ७५ औं महासभा कोभिड महामारीका कारण भर्चुअल माध्यमबाट भएको थियो । सो बैठकमा ओलीले नै सम्बोधन गरेका थिए ।

सन् २०२१ मा भएको ७६ औं महासभा हुँदा सरकार परिवर्तन भएर तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का न्यूयोर्क पुगेका थिए । त्यसपछि सन् २०२२ को ७७औं महासभामा निर्वाचन घोषणा भइसकेको अवस्थाका कारण प्रधानमन्त्री र परराष्ट्रमन्त्री नगएपछि परराष्ट्रसचिव भरतराज पौड्याले संयुक्त राष्ट्र संघमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

अहिले चार वर्षपछि नेपालले प्रधानमन्त्रीस्तरको सहभागिता जनाउँदैछ । प्रधानमन्त्री प्रचण्ड उक्त महासभामा भाग लिएर त्यहाँबाट चीन भ्रमणमा जाने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड चीनको हाङचाओमा ६ देखि २१ असोजसम्म चल्ने एसियाली खेलकुदमा सहभागी हुने गरी २३ सैप्टेम्बर विहान त्यहां पुग्ने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्चस्तरीय भेट गर्ने गृहकार्य भइरहेको छ ।

आम निर्वाचन सम्पन्न भएपछि अघिल्लो १० पुसमा प्रधानमन्त्री भएयता प्रचण्डले छिमेकी मुलुक भारत र इटलीको भ्रमण सम्पन्न गरिसकेका छन् । उनले १७ देखि २० जेठसम्म भारतको औपचारिक भ्रमण गरेका थिए भने ८ देखि १० साउनसम्म इटलीको रोममा सम्पन्न ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com