ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलाई संविधान मिचेको भन्नेहरूको वास्तविकता कोसी प्रदेशमा देखियो : ओली


एबीसी न्यूज

काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिला आफूलाई संविधान मिचेको आरोप लगाउनेहरूको वास्तविकता अहिले देखिएको बताएका छन् । पहिले ‘स्याल हुइँया’ गर्नेहरू अहिले संविधानविपरीत काम गर्दा चुइँक्क नबोलेको ओलीले आरोप लगाए ।

आइतबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “उनीहरू त म्युजिकल चेयरका खेलाडीभन्दा माथिका पनि देखिएनन् ।”

कुर्सीमा कुदेर झ्याप्प बस्ने र विजेता घोषित गरिहाल्ने परिपाटी देखिएको ओलीको भनाइ थियो ।

कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वास मतको विषय कोट्याउँदै उनले मत सच्याउने समय घर्किसकेको अवस्थामा सभाध्यक्षलाई मतदान गराउनु तमासा मात्र भएको जिकिर गरे । सत्ता गठबन्धनको ध्यान कुर्सीमा मात्र भएको उनको आरोप छ ।

उनले भने, “संविधानविपरीत होस् कि कानुनविपरीत होस्, जसरी पनि सत्ता कब्जा गर्ने मनसाय देखियो ।”

कोसीमा संविधानविरुद्ध र लोकतन्त्रविरुद्ध बलमिच्याइँ भएको ओलीले बताए । सभामुख निष्पक्ष र तटस्थ हुनुपर्ने मान्यताविपरीतका काम कोसी प्रदेशमा भएको उनले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा स्वागत गर्न कुनै अफ्ठ्यारो नभएको ओलीले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com