ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसंघमा नेपालले करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाउने


एबीसी न्यूज

काठमाडौं, १० भदौ । नेपालले संयुक्त राष्ट्र संघ यूएन को ७८ औं महासभाका क्रममा करिब एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ‚ जसमा नेपाली टोलीको नेतृत्व गर्दै न्यूर्योक जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका अन्य उच्च अधिकारीहरुले सहभागिता जनाउने छन् ।

प्रधानमन्त्रीको तहमा सभागिता जनाउनु पर्ने कार्यक्रममा प्रधानमन्त्री र मन्त्री वा राजदूत तथा अन्य प्रतिनिधिको तहमा सहभागिता जनाउनेमा त्यहि अनुसार हुने कार्यक्रम रहेको छ । परराष्ट्र स्रोतका अनुसार कार्यक्रम र त्यसको अवस्थालाई मध्यनजर गर्दै नेपाली पक्षबाट सहभागिता हुनेछ ।

प्रधानमन्त्री दाहाल भदौं ३० मा संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन अमेरिकाको न्यूर्योक जाने सम्बन्धमा मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ । दुई वर्षपछि महासभामा नेपालबाट प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो भने सन् २०१८ मा ७३ औं महासभामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूर्योक भ्रमण गरेका थिए । त्यसको ४ वर्षपछि न्यूर्योकमा प्रधानमन्त्रीकै उपस्थितीमा सम्बोधन हुन लागेको हो ।

सन् २०१९ मा ७४ औं महासभामा ओली सरकारका तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्यूर्योक गएका थिए भने सन् २०२० मा कोभिड–१९ को कारण भर्चुअल रुपमा भएको ७५ औं महासभामा तत्कालिन प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गरे । सन् २०२१ मा भएको ७६ औं महासभामा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का र सन् २०२२ को ७७ औं महासभामा परराष्ट्रसचिव भरतराज पौड्याललाई जिम्मेवारी दिएर सम्बोधन गर्न पठाएको थियो ।

प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर चीन भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । त्यो बीचमा नेपालले दिगो विकास लक्ष्यहरु ९एसडीजी० समिटमा सहभागि, हाई लेभल डाइलग अन फाइनान्सिङ फर डेभलपमेन्ट, क्लाइमेट एम्बिसन समिट, हाई–लेभल मिटिङ अन पेन्डामिक प्रिभेनसन, प्रिपियरनेस एन्ड रेसस्पोन्स, प्रिपराटोरी मिनिस्टर्ल मिडिङ फर द समिट अफ द फ्युचर, हाई–लेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल, हाई–लेभल मिटिङ अल द फाइट अगेन्स टुभर्कुलोसिस, अतिकम विकसित राष्ट्रहरु ९एलडीसी० को अध्यक्षता गर्दै कार्यक्रम, सार्क मन्त्रीस्तरीय साइडलाइन वार्ता ९गृहकार्य भइरहेको० र साइड लाइनवार्ताहरु ९गृहकार्य जारी० मा नेपालको तर्फबाट सहभागिता रहने छ ।

दाहाल न्यूर्योकबाट नेपाल नआई सिधै चीन उड्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले तय गरिसकेको छ । तर मन्त्रीपरिषद्ले प्रधानमन्त्री दाहालको चीन भ्रमणको निर्णय गर्न भने बाँकि नै छ । दाहालले सेप्टेम्बर २३ देखि २५ ९असोज ५ देखि ७० सम्म हाङचाओमा एसियाली खेलकुदको दौरान बस्नेछन् । त्यसपछि उनी त्यहाँबाट राष्ट्रपति सी चिनफिङलाई भेट्न वेइजिङ आउने गृहकार्य भइरहेको छ ।

हाङचाओमा हुने एसियाली खेलकुद असोज ६ देखि २१ सम्म चल्ने छ । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com