काठमाडौं, १० भदौ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ।
आइतबार ललितपुरको भैंसेपाटीमा बनेको १४ वटा ब्लक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन्।
करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनक २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको शहरी विकास मन्त्रालयले बताएको छ।
हस्तान्तरण कार्यक्रमको सभाध्यक्षता मन्त्री सीता गुरुङले गरेकी थिइन्।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको अवास तथा सम्पर्क केन्द्रको रूपमा आयोजना निर्माण गरिएको हो।
प्रतिक्रिया दिनुहोस्