ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेबाट लेखा समितिको सभापतिमा पोखरेल र महिला समितिमा शाहको उम्मेदवारी दर्ता


abc

काठमाडौं, १० भदौ । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ।

आइतबार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन्।

पोखरेलको प्रश्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन्।

त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहेका छन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेका छन्।

संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ। समिति सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सार्वजनिक लेखा समितिको सभापतिका उम्मेदवार ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई सहयोग, सुझाव र उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह दिने काम रहेको बताए।

‘संसदमा हमी यसलाई मिनि पाल्र्यामेन्ट भन्छौँ। विशेष गरी सार्वजनिक लेखा समिति भनेको सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई पहिलो कुरा त सहयोग, दोस्रो सुझाव र तेस्रो उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह र सुझावहरु दिने काम गर्छ,’ उनले भने, ‘संसदले दिएको निर्देशन, सल्लाह, सुझाव सरकारको कार्यान्वयन गर्ने कर्तव्य हो। समितिले दिएको सल्लाहलाई सरकारले मान्नुपर्छ।’

उनले समितिले दिएका निर्देशन मान्नु सरकारको कर्तव्य भएको पनि बताए। समितिको नेतृत्वका लागि सोमवार निर्वाचन हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

सम्बन्धित

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

चीन भ्रमण अत्यन्त उत्साहजनक– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

नेपाली महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोह प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com