ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवाबाट मंगरबारदेखि हङकङ र दिल्ली उडान गर्दै निगम


abc

काठमाडौं, १० भदौ । नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ ।

निगमले काठमाडौलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्न लागेको हो । हाल निगमले मलेसिया—भैरहवा उडान गर्दै आइरहेको छ । निगमले प्रत्येक मंगलबार भैरहवाबाट हङकङ र दिल्ली उडान गर्नेछ ।

निगमले हरेक मंगलबार भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडान गर्ने लागेको हो । उक्त उडान भदौ १२ गतेदेखि उडान सुरु हुनेछ ।

“मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट उडेको जहाज काठमाडौंमा ९ बजे अवतरण हुनेछ,” उनले बाह्रखरीसँग भने, “त्यसपछि हङकङ जाने यात्रु हङकङ जाने फ्लाइटमा चढ्नेछन् भने दिल्ली जाने यात्रु दिल्लीको फ्लाइटमा जानेछन् ।”

अहिले निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा उडान गर्दै आइरहेको छ ।

निगमको न्यारोबडी जहाज सोमबार काठमाडौंबाट मलेसिया जान्छ । उक्त जहाज मंगलबार मलेसियाबाट भैरहवामा ल्यान्ड हुन्छ । मलेसियाबाट आएका यात्रुलाई भैरहवामा अवतरण गराएपछि भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लिएर जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्छ । यहाँबाट हङकङ र दिल्लीको निगमकै उडानमा यात्रुलाई पठाइने निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

यसअघि, निगमले जेठ २९ गतेदखि मलेसियाको क्वालालम्पुर–भैरहवा उडान सुरु गरेको थियो ।

टिकट बुकिङ खुला

निगमले भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडानको लागि टिकट खुला गरेको छ । याुत्रले सोमबारबाट उक्त क्षेत्रमा उडानको लागि टिकट लिन सक्ने निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

गौतमबुद्ध विमानस्थल विमानस्थल सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

“भैरहवा विमानस्थल सञ्चालनको लागि निमगले आफ्नो दायित्व सम्झेर उडान सुरु गरेको हो । हाम्रो यो प्रयासले विमानस्थल सञ्चालनमा महत्वपूर्ण भूमिका खुल्छ भन्ने विश्वास समेत लिएका छौँ ।”

साथै, पश्चिमी क्षेत्रका यात्रुलाई सहज हुने उनको भनाइ छ ।

“भैरहवाबाट हङकङ उडान गर्दा विशेष गरेर पश्चिम नेपालका यात्रुलाई समेत हुन्छ भन्ने हाम्रो विश्वास छ । यात्रुलाई समय र पैसाको बचत हन्छ,” पौडेलले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com