काठमाडौं, १० भदौ । ललिता निवास प्रकरणमा नाम जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सीडीओ सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ।
मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाका पक्षमा फर्जी कागजात बनाएर सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले उनलाई प्रतिवादी बनाएको छ।
सोही विषयमा छानबिन गर्न सहज होस् भनेर उनलाई गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रालयले प्रजिअ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। जसमा उनको नाम पनि छ।
अब दाङमा कसलाई सीडीओ बनाएर पठाउने भन्ने विषयमा निर्णय भइनसकेको गृह मन्त्रालयको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्