ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्लास्टिकका दाना भनेर भिर्‍याएकाे दुई ट्रकमा काजु किसमिस


abc

काठमाडौ भदौ ९ । प्लाष्टिकका दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ।भारतबाट प्लाष्टिकका दाना भनेर बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुईवटा ट्रक चेक जांच गर्दा कपडा र काजु किसमिस लगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय श्रोतले जनाएको छ।

भन्सार कार्यालय प्रमुख मनिराम पौडलले कार्यालयलाई प्राप्त सुचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरु चेकजाँच गर्दा ठुलो परिमाणमा कपडा र काजु किसमिस लगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिईएको बताए । ना ५ ख ३३५ नम्वरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्वरको भारतीय मालबाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइ चेकजांच गरिएको भएपनि चालकहरु तत्कालै फरार भएकोले उक्त सामानको धनी को हो  भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी युवराज भटराईले बताए ।

‘भन्सार कार्यालयको प्रवेशमा घोषणा गर्दा एउटा प्रकृतीको सामान छ भनेको गाडीमा अर्कै समान छ भन्ने सुचनाका आधारमा चेकजांच गर्दा कपडा काजु किसमीस लगायतका सामाग्री भेटिएको छ तर चालकहरु फरार भएका कारण कसको हो भन्ने खुल्न सकेको छैन’सुचना अधिकारी युवराज भटराईले भने।

भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार सुक्रवार गरिएको प्रारम्भिक जांचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकहरुबाट करिव २ करोड बरावरका सामान रहेको पाईएको छ। अझै ति समानहरुको मुल्यांकन गर्ने काम हुदै छ हामीले अहिले गाडी बाहेक २ करोडको कपडा र काजु किसमिस लगायतका सामान भएको अनुमान गरेका छौं भन्सार प्रमुख पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com