ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा निन्दाको राजनीति शुरुवातकर्ता ओली : भुसाल, (महासचिव, एस)


ABC NEWS
भाद्र ८, २०८० शुक्रबार  ६ : १० बजे

काठमाडौं ८ भदौ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको आरोप लगाएका छन् ।

पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको बताए । उसले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने भन्दै भुसालले भने, ‘आज नेपाली राजनीति, सामाजिक मिडियामा निन्दा भत्र्सना, गालीगलौजको डरलाग्दो बाढी आएको छ, यो विकृतिको करण ओलीजी हो ।’

ओलीको व्यक्तिवादी लोक रिझ्याईको राजनीति ठक्कर खाएपछि नयाँ पपुलिस्टहरु आएको भुसालले बताए । नयाँ राजनीतिक दलहरुतर्फ संकेत गर्दै उनले भने, ‘तिनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् । तिनका कुरा सुन्नुस्, भाषा सुन्नस्, राजनीति केही होइन, चुट्कीका भरमा गर्ने हो भनेर सोच्दैछन् ।’

यो फन्टुस नयाँ जेनेरेसन भएकाले नै आफूले ओलीको मानषपुत्र भनेको भुसालको तर्क छ ।

एमालेले हस्तक्षेप नगर्ने उनको दाबी छ । ओलीकै कारण एमाले झन संकटग्रस्त बस्ने भन्दै उनले सुनाए, ‘जति संकटग्रस्त बन्छ, अझबढी ओली भक्ति चाहन्छ । जति बढी भक्ति हुन्छ, त्यति बढी संकट आउँछ । जति बढी संकट आउँछ, त्यति नै बलियो, ओलीप्रति समर्थण, पूजाले मात्र पूरा गर्छ ।’

‘संकटमा पर्ने, अझबढी ओलीवादी हुने, संकटमा पर्ने, अझ बढी ओलीवादी हुने एमालको प्रवृत्ति हो । यसबाट एमाले १÷२÷३ निस्कन सक्दैन’, उनले अघि भने ।

संविधानलाई कार्यान्वयन गरेर मुलकलाई निकास दिन कांग्रेसको सिद्धान्तले नदिने उनको दाबी छ । एकीकृत समाजवादीका महासचिव भुसाल भन्छन्, ‘यो बेलामा हाम्रो भूराजनीतिका कारणले हाम्रो समाजको विविधताभित्र खेलेर हामीलाई भाँड्ने, भड्काउने, आपसमा जुधाउने शक्तिहरु विस्तारै सक्रिय हुँदैछन् ।’

सामाजिक सञ्जाल हेर्ने हो भने कताकता धार्मिक वा जातीय विद्वेषका रुपमा देखिन थालेको उनले बताए । नेपालको विविधता असाध्यै सुन्दर भए पनि गरिबीलाई हस्ताक्षेप गर्न नसक्ने हो भने संकट आउन सक्ने भुसालले बताए । ‘कंगालीको विविधताले डरलाग्दो परिणाम ल्याउनसक्छ । यो गोदामको बारुद जस्तो हुनसक्छ । कुनै पनि बेला राष्ट्रिय जीवन भताभुङ्ग हुने दिशामा जान सक्छ’, उनले भने ।

संविधानलाई कार्यान्वयन गर्दै भविश्यतर्फ डोहो¥याउने प्रगतिशील शक्ति आवश्यक रहेको समाजवादीका महासचिव भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com