ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ वटा निजी स्वास्थ्य संस्थाबाट हटाइयो बिमा सेवा


abc

काठमाडौं, ८ भदौ ।  स्वास्थ्य बिमा बोर्डमार्फत् प्रदान गर्दै आएको बिमा सेवा हटाइएको हो । आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म सो संख्यामा अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ ।

बिमा सेवा हटाइएकामा बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा, लाइफ लाइन अस्पताल झापा, नोबेल मेडिकल कलेज मोरङ, विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल मोरङ, चितवन मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज बाँके, फत्तेवाल आँखा अस्पताल बाँके, गेटा आँखा अस्पताल कैलाली, राप्ती आँखा अस्पताल दाङ छन् ।

त्यस्तै, शुभ स्वस्तिक हस्पिटल प्रालि महोत्तरी, लुम्बीनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पा, युनाइटेड मिसन हस्पिटल पाल्पा, नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पर्सा, लुम्बीनी आइ इन्स्टिीच्युट एण्ड रिसर्च सेन्टर रुपन्देहीबाट पनि बिमा सेवा हटाइएको छ ।

त्यसैगरी फूलकुमारी महतो मेमोरियल हस्पिटल सिराहा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, सप्तर्षि हस्पिटल सिरहा, नेपालगञ्ज मेडिकल कलेज हस्पिटल बाँके, जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल धनुषा, जानकी मेडिकल कलेज धनुषा, घोडाघोडी हस्पिटल कैलाली, लाल रत्न हस्पिटल कैलाली, नवजीवन हस्पिटल कैलाली, आइ केयर सेन्टर खोटाङ,मनमोहन मेमोरियल समाुदायिक अस्पताल मकवानपुर र देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर रुपन्देहीलाई पनि बिमा सेवा प्रदान गर्ने संस्थाको सूचीबाट हटाइएको हो ।

अघिल्लो आर्थिक वर्षको बजेटमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याइएको बजेटमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट सञ्चालन गर्ने उल्लेख छ ।

योसँगै स्वास्थ्य बिमा कार्यक्रम लागु भएका ४५७ स्वास्थ्य संस्थाबाट २६ वटा अस्पताल घटेका छन् ।

अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि भने झन्डै दुईसय वटा निजी अस्पतालले बिमा कार्यक्रम सञ्चालन गर्न आवेदन दिएपनि नयाँ सम्झौता नगरिएको बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले बताए ।

हाल बिमा कार्यक्रममा ७१ लाख ७५ हजार ५२७ नागरिक आवद्ध छन् ।

Delisted_Hospital_List_Notice_Aug25_20231692951226.jpg

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

सम्बन्धित

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने : कर्णाली प्रतिष्ठानको फड्को

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट– सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा

एमसीसी प्रमुख अलब्राइट १४ असोजमा नेपाल आउँदै

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com