ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा जातीय र धार्मिक सद्‍भाव बिग्रिने चिन्ता, संयमता अपनाउन आग्रह


एबीसी न्यूज

काठमाडौं, ८ भदौ । पछिल्लो समय जातीय र धार्मिक विवादमा फसिरहेको धरानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ता बढेको छ।

धरानमा धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिने भन्दै पूर्वजनप्रतिनिधिहरु पनि बोलेका छन्।

धरानका मेयर हर्क साम्पाङसहितको भड्किलो अभिव्यक्तिले तनाव बढिरहेका बेला बिहीबार धरानका तीनजना पूर्वमेयर र एकजना उपमेयरले संयुक्त अपिलमार्फत सामाजिक सद्भाव बचाइराख्न अपील गरेका हुन्।

सुनसरी उद्योग वाणिज्य संघमा पूर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको अध्यक्षतामा भएको भेलापछि यस्तो अपील गरिएको हो।

उक्त भेलापछि निवर्तमान मेयर तिलक राई, पूर्वमेयर कुमारबहादुर कार्की, पूर्वमेयर मनोजकुमार मेन्याङबो र पूर्वउपमेयर मीनकुमार सुब्बाले संयुक्त अपिल निकालेका हु्न्।

अपीलमा धार्मिक, सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्रै समाधान गर्न आह्वान गरिएको छ।

धरानको सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिकस्तरबाट सद्भाव र्‍याली निकालिने भएको छ। उक्त र्‍यालीमा सहभागिताको लागि अपील गरिएको छ।

र्‍याली छाताचोकस्थित पुरानो अस्पतालबाट सुरु भएर भानुचोकसम्म पुग्ने छ।

त्यसअघि, धार्मिक तथा सांस्कृतिक विवादलाई समाधान गर्न शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको थियो।

तीन पूर्वमेयरले धरानको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।

धरानमा पछिल्लो समय मन्दिरअगाडि चर्च बनाइएपछि धार्मिक विवाद शुरु भएको हो।

धार्मिक विवाद साम्य नहुँदै गत साता गोरु काटेर खाएको घटनाले धार्मिक तथा सांस्कृतिक विवादलाई थप मलजल गरेको छ।

यो घटनापछि आक्रोशित हिन्दु धर्मावलम्बीहरुले भदौ ९ गते धरानमा गौ(संरक्षणका लागि प्रर्दशन गर्ने तयारी गरेका छन्।

यसका लागि धरानबाहिरबाट हिन्दु धर्मका गुरुहरु आउँदैछन्। अर्कोतर्फ, गोरुको मासु खान पाउने सांस्कृतिक अधिकार भन्दै प्रतिरोध गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com