काठमाडौ भदौ ८ । बाढीले सोलुखुम्बुको दिप्लीघाटमा रहेको बेलीब्रिजमा क्षति पुर्याएको छ । निरन्तरको वर्षापछि आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका(८ दिप्ली र सोताङ गाउँपालिका(१ खोर्दाको सिमानामा रहेको बेलीब्रिजमा क्षति पुगेको हो ।
स्थानीय तुलकुमार लामिछानेले पुलको मुख्य पिलर तल्लो भागतर्फ ढल्किएको र पुल नजिकै रहेको एउटा डोजर, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको जानकारी दिए । खोलामा जलसतह बढिरहेकाले थुलुङ दुधकोशी(८ तर्फको तीन घर जोखिममा परेका छन् ।
खोला नजिकै रहेको केशव राई, मन कुमार राई र पासाङ राईको घर जोखिममा परेका हुन । पुल ढल्किएसँगै जिल्ला सदरमुकाम र कोशीपारिका सोताङ र महाकुलुङ जाने गाडी रोकिएका छन् । आज बिहानदेखि पुल ढल्किएपछि कोशी पारि जाने गाडी तथा कोशीपारिबाट सल्लेरी, काठमाण्डौलगायतका लागि छुटेका गाडी अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्