ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्जा प्रवाह सुस्त, तर ब्याजदर बढाएर निक्षेप प्रतिस्पर्धामा बैंकहरू


abc

काठमाडौं, ८ भदौ । लगानीयोग्य रकम तरलता अधिक हुँदा समेत बैंकहरू निक्षेपमा प्रतिस्पर्धा गर्न थालेका छन्।

कर्जा प्रवाह सुस्त हुँदासमेत बैंकले भदौमा ब्याजदर बढाएर निक्षेपमा प्रतिस्पर्धा गरेका हुन्।

२०८० भदौ ३ गतेसम्म आइपुग्दा औसत कर्जा निक्षेप अनुपात सीडी रेसियो ८३।५८ प्रतिशत छ। यसले समेत बैंकहरूसँग तरलता अधिक रहेको देखिन्छ।

तरलता अधिक भएका बेला ब्याजदर घटाएर बैंकहरू कर्जा प्रवाहमा प्रतिस्पर्धी हुने गर्छन्।

तर, अहिले कर्जा प्रवाह सुस्त र अधिक तरलता हुँदा बैंकहरू निक्षेप थुपार्न प्रतिस्पर्धा गरिरहेका छन्। गत वर्षदेखि कर्जा प्रवाह खुम्चिँदा अझै बैंकहरूले व्यवसायको रणनीति बनाएको देखिँदैन।

कर्जाको डिमान्ड नै कम रहेको बताइरहेका बैंकर्सहरूले ब्याजदर घटाएर व्यवसायको वातावरण बनाउनु पर्नेमा निक्षेपको ब्याजदर बढाउन थालेका छन्।

निक्षेपको ब्याजदर बढ्दा आधार दर पनि बढ्छ। आधार दर बढ्दा कर्जाको ब्याजदर समेत बढ्ने गर्छ। व्यवसायीको मनोबल खस्केको अवस्थामा बढ्दो ब्याजदरले ऋणीमा थप निरासा छाएको जानकार बताउँछन्।

राष्ट्र बैंकले पोलिसी दर घटाएर ब्याजदर घटाउँदा हुन्छ भन्ने म्यासेज दिँदा पनि बैंकहरूले भदौमा ब्याजदर बढाएको बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन्।

‘चालु आर्थिक वर्षको सुरुदेखि कर्जा जान्छ भन्ने आशा गरे पनि त्यस्तो देखिएन। अहिलेको परिस्थिति कर्जा नजाँदा पनि ब्याजदर बढ्नु दूर्भाग्यपूर्ण हो’, उनले भने, ‘बैंकहरूको सीडी रेसियो कम्फर्टेबल छ। यस्तो अवस्थामा बैंकहरूले कर्जा प्रवाह गर्नुपर्ने हो।’

उनले कर्जा विस्तार नभइरहेको, त्यसमाथि निक्षेपको ब्याजदर बढिरहेको बताए। कर्जा प्रवाह नभइरहेको अवस्थामा निक्षेपमा प्रतिस्पर्धा हुनु दूर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

‘सीडी रेसियो कम्फर्टेबल रहेको बेलामा बैंकहरूले निक्षेको ब्याजदर बढाउँदा आधार दर बढ्न जान्छ’, उनले भने, ‘यो ऋणीका लागि ठीक होइन। बैंकहरूले निक्षेपमा प्रतिस्पर्धा गर्दा कर्जामा प्रतिस्पर्धा गरेनन्।’

उनले थपे, ‘व्यवसायीको कन्फिडेन्ट लुज छ। यस्तो अवस्थामा बैंकहरूले ब्याजदर बढाएर झन्डै ११ प्रतिशत पुर्याएर चकित पारेको छ।’

यस्तो परिस्थितिमा बैंकहरूले ब्याजदर घटाएर सपोर्ट गर्नुपर्ने उनको भनाइ छ।

‘गत वैशाखदेखि नै बैंकहरूबाट कर्जा जाला भन्ने आशा थियो। बैंकहरूसँग पनि पैसा थियो’, उनले भने, ‘व्यवसायीको कन्फिडेन्ट पनि लुज हुँदा ब्याजदर घट्ला भन्ने लागेको अवस्थामा बैंकहरू ब्याजदर बढाएर उल्टो बाटोमा हिँडेको जस्तो लागेकोे छ।’

‘बैंकहरूको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८३ प्रतिशत छ। यस्तो बेलामा अलि–अलि निक्षेप खोसिँदा फरक पर्ने देखिँदैन’, उनले भने, ‘अहिले निक्षेपको ब्याजदर ९ प्रतिशतको हाराहारी हुँदा ११ प्रतिशतको हाराहारीमा ब्याजदर हुन्थ्यो।’

यसले दुवै पक्षलाई ‘वीन वीन’ हुन्थ्यो भन्दै तर, निक्षेपको ब्याजदर झण्डै ११ प्रतिशत हुनु दूभाग्यपूर्ण भएको बताए।

‘बैंकहरूलाई पनि थाहा छ निष्कृय कर्जा बढिरहेको छ। ब्याजदर बढ्दा व्यवसायीलाई ऋण तिर्न गाह्रो हुन्छ भन्ने तर, पनि उनीहरूले ब्याजदर बढाएका हुन्’ उनले भने।

ब्याजदर बढाउँदा एनपीएल समेत बढ्न सक्ने उनको भनाइ छ।

‘व्यवसायीको आम्दानी १ सय रुपैयाँ छ। १०० रुपैयाँको ब्याजदर ११र१२ प्रतिशतमा रुपैयाँमा तिर्न सकियो भने पनि हुन्छ’, उनले भने, ‘आम्दानी १०० रुपैयाँ नै हुने तर, ब्याजदर बढी हुने भएपछि उसको ब्याज खर्च त बढ्ने भयो। ब्याज खर्च बढ्दा उ लसमा जान्छ।’

यस्तो बेलामा राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्ने हो। तर, अहिले त्यस्तो देखिएन। यसअघि यस्तो अवस्थामा राष्ट्र बैंकले ‘इन्टरभेन्सन’ गर्ने गरेको उनले बताए।

परिपक्कको चरणमा रहेको मुद्दती निक्षेप खोसिने डरले ब्याजदर बढाउनु परेको एक बैंकरले बताए।

‘निक्षेपकर्ता त जता धेरै ब्याजदर पाउँछन् उतै जान्छन्। ब्याजदर घटाउँदा निक्षेप घट्ने सक्छ’, उनले भने, ‘एकातिर पुँजीकोष टाइट भइरहेको बेलामा निक्षेप खोसिएपछि भोलि कसरी व्यवसाय गर्न सकिएलारु’

कुनै बैंकले ब्याजदर बढाउँदा अन्यले नबढाएर सुखै नहुने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२४ महिना २४ बाचा सहित एनआरएनए अध्यक्षमा आरके शर्माले गरे औपचारिक उम्मेदवारी घोषणा

लामाबगरबाट ४ केजी सुन बरामद

सम्बन्धित

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने : कर्णाली प्रतिष्ठानको फड्को

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट– सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा

एमसीसी प्रमुख अलब्राइट १४ असोजमा नेपाल आउँदै

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com