ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीमा मीनबहादुर गुरुङको बयान– सरकारी जग्गा होइन व्यक्तिका नामको जग्गा किनेको हुँ


एबीसी न्यूज

काठमाडौं, ७ साउन । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा सञ्चालक मीनबहादुर गुरुङले ललिता निवासमा आफूले व्यक्तिको जग्गा खरिद गरेको बताएका छन् । उनले आफ्नो व्यापार व्यवसायका लागि उक्त जग्गा खरिद गरेको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको बयानअनुसार उनले ललिता निवास क्याम्पभित्रको जग्गा हालसाबिक भएपछि विभिन्न जग्गा धनीहरुसँग आफूहरुले खरिद गरेको बताएका छन् ।

उनले आफूले खरिद गरेको जग्गामा मोही भए नभएको पनि त्यसबेला जानकारी नभएको बयान दिएका छन् ।

“व्यक्तिको नाममा जग्गा कायम भएपछि मैले खरिद गरेको हुँ,” उनले दिएको बयानमा उल्लेख छ,“मैले व्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होइन ।”

उनले त्यहाँ आवास तथा भाटभटेनीको स्टोर बनाउनका लागि जग्गा खरिद गरेको बयान दिएका छन् । “ललिता निवासको जग्गा म र मेरो परिवारको नाममा खरिद गरेको जग्गामा मात्रै मैले लगानी गरेको हो,” उनको बयानमा उल्लेख छ ।

त्यहाँ जग्गा रहेको जानकारी पनि आफूलाई शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विश्वप्रकाश पण्डित, रामकाजी कोनेलगायतका व्यक्तिले गराएको बयानमा उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com