ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको आरोप : कोसीमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल साम्प्रदायिक हिंसा भड्काउँदै छन्


abc

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोसी प्रदेशमा प्रचण्ड र नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए ।

कोसी प्रदेशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उनले उल्लेख गरे । द्वन्द्व भड्काउनका लागि प्रचण्ड र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै ओलीले एमालेले द्वन्द्व मच्चिन नदिने बताए ।

“अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल,” उनले भने, “यी बाहुनले, नुवकोटमा हुन्छ एउटा खेल– साढे जुधाउने भन्ने । ती साढेको केही दुश्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् ।”

अध्यक्ष ओलीले सरकारले ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर सुन तस्करीमा आफै संलग्न रहेको प्रमाणित गरेको बताए । सुन नियन्त्रणमा लिने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएको स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन सरकार लागेको उनले बताए ।

“एक क्विन्टल सुन तस्कर परेको थियो, ट्याक्सीमा । एयरपोर्टमा होइन बाहिर । ल्याउने, लाने गरेको ड्राइभर साथैमा छ । मेरो सामान भनेर बुझ्न जाने हर्कबहादुर राई त्यही ट्याक्सीमा छ,” उनले भने, “राजस्व अनुसन्धान विभागमा पु¥याएर एक क्विन्टल सुनसहित पक्राउ परेका अभियुक्तहरु लगेर फेरि खोजीका बखत हाजिर हुन्छु भनेर छोडे । किन छोड्यो, के भनेर छोड्यो, छिटो जाउ, सबलाई खबर गर, सामान लुकाउ, मान्छे भगाउ, तीन दिनपछि फेरि समात्छौँ । त्यसरी दुईजनालाई पठाए । अनुसन्धानले त्यसरी छोड्छ रु अनुसन्धान भनेको त्यस्तै हुन्छ ?

सुन तस्करी प्रकरणलाई लुकाउन गिरीबन्धु टी स्टेटमा आफ्नो संलग्नता हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको ओलीले बताए ।

“सय केजी ६१ मा झरेको छ । यति मजाक गरिरहन, भ्रष्टाचारको यसकुरालाई लुकाउन गिरीबन्धु टी स्टेट खायो केपीले भने । छ झापामा गिरिबन्धुको हो, मेरो होइन, मैले के गर्नु त छ भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com