ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चले दिएको आदेशको विषय सदनमा प्रवेश, सांसदहरू विपक्षमा


एबीसी न्यूज

काठमाडौं, ७ साउन । सर्वोच्च अदालतले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद मातहत खर्चिने गरी छुट्याएको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेशको विषय सदनमा प्रवेश पाएको छ । सांसदहरू यो आदेशको विपक्षमा उभिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सर्वोच्च अदालतको आदेश उचित नभएको बताए । उनले न्यायपालिकालाई व्यवस्थापिकाको अधिकारमाथि प्रवेश गर्नु उपयुक्त नभएको बताए ।

“हिजो भर्खरै सर्र्वाच्चबाट गम्भीर रूपमा आदेश अयो । हाम्रो सविधानले शक्ति पृथकीकरणको गरेको छ । सबैको अलग–अलग दायरा र क्षेत्रको कुरा गरेको छ । संविधानको परिछेद ५ मा संसद्को विधायिकी अधिकारको बारेमा व्याख्या छ ।

संविधानमा न्यायपालिका कार्यपालिकाको व्याख्या गरेको छ,” उनले भने, “हिजोको आदेशले एक अर्काको कार्यक्षेत्रमा प्रवेश गर्ने दखल अन्दाजी गर्ने प्रयासमा गएको छैन । सम्पूर्ण संरचना त्यता उन्मुख भएको आभास दिएको छ ।”

उनले आफू अदालतप्रति आघात विश्वास गर्ने र यसको स्वतन्त्रका लागि लडेको भए पनि अदालतको हिजोको आदेश भने स्वभाविक नभएको बताए ।

“हिजोको फैसलाले दुखित बनाएको छ । अहिले कानुन बनाउने बजेट पास गर्ने अधिकार सदनको अधिकार हो यसलाई कसैले हनन् गर्न सक्दैन । सदन जनताद्वारा निर्वाचित प्रतिनिधिहरू हुन् कानुन बनाउने सर्वाधिकार तिनीहरूमा अन्तरनिहीत छ,” उनले भने, “बजेटको एउटा अंश झिकेर खण्डित गर्ने कुरा कार्यपालिका र न्यायापालिकालाई छैन । यो हुन थाले भने लोकतन्त्रको अवस्था के होला रु आम सदनको ध्यानाकर्षण गर्दछु सभामुख महोदय ।

उनले कुरा पाँच करोडको नभएको भन्दै नियतको भएको जिकिर गरे ।

“यो व्याख्याले संविधानलाई खलल पार्ने काम भएको छ । पाँच करोडको कुरा होइन तर एक अर्काको अधिकार भित्र छिर्न थाल्यौं भने लोकतन्त्त र हामीले अंगालेको व्यवस्थाको अवस्था कस्तो हुन्छ रु सदनको यतातर्फ ध्यान पुग्नुपर्छ,” उनले भने, “केही सांसदहरूले लिदैनौँ सदन विकास भनेको सुनिएको छ ।

लिने नलिने कुरा होइन सदनको अधिकार क्षेत्रभित्र प्रवेश गर्ने कसैलाई अधिकार छ छैन भन्ने । सम्पूर्ण सदन एक हुनुपर्छ भन्ने अवधारणा मेरो हो । यो विधेयक कानुनको रूपमा आएको हो । यसमा न्यायपालिकाले व्याख्या गर्न पाउँदैन । बजेट बनाउने अधिकार सदनलाई छ सार्वभौम सदनले बनाएको प्रश्न उठाउने पाउने अधिकार संविधानको कुन चाहीँ बुदाले काटेको छ ।”

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com