ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतलाई सन्दीपको जवाफ : गौशाला २६ को जन्ममितिको कागज खेल समर्थकले दिएका हुन्

abc

काठमाडौं, ७ साउन । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले पीडित किशोरी गौशाला २६ को जन्ममितिको कागज एक जना खेल समर्थकले दिएको अदालतमा जवाफ दिएका छन् ।

गत हप्ता काठमाडौं जिल्ला अदालतले सन्दीपले पेश गरेको गौशाला २६ को जन्ममितिको कागजको आधिकारिकतामा प्रश्न उठाएपछि उनले आइतबार यस्तो जवाफ दिएका हुन् ।

‘मैले सम्मानित अदालतमा बयान दिने दिन धेरै जना शुभचिन्तकहरु मलाई भेट्न आउनुभएको थियो र सोही क्रममा मेरो एकजना खेल समर्थकले उक्त जन्मदर्ताको किताबको सम्बन्धित पृष्ठको प्रतिलिपी दिनुभएको थियो’, सन्दीपले जन्ममिति कागजातबारे अदालतमा दिएको बयानलाई उधृत गर्दै जिल्ला अदालत स्रोतले भन्यो ।

२०७९ कात्तिक १५ गते बलात्कार मुद्दामा पहिलो पटक बयान दिने क्रममा सन्दीपले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको कागज पेश गरेका थिए ।

बलात्कारको अभियोग इन्कार गरेका सन्दीपले किशोरी ९गौशाला २६० को उमेर १८ वर्ष भन्दा बढी भएको प्रमाणका रुपमा जन्मदर्ताको दर्ता किताब भन्दै सो कागज पेश गरेका थिए । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भनेको दिन उनी १८ वर्ष पूरा भइसकेको प्रमाणित हुने गरी सन्दीपले अदालतमा कागज पेश गरेका थिए ।

पछि अदालतले पनि गौशाला २६ को जन्मदर्ता रहेको वडाबाट कागजात र विवरण मगाएको थियो । वडा कार्यालयले ९ जेठ २०८० मा जिल्ला अदालतमा पठाएको पत्रमा अनलाइनमार्फत जन्मदर्ता भएकाले अभिलेख नरहेको जवाफ दिएको थियो ।

वडा कार्यालयले जन्मदर्ताको अभिलेख नरहेको भन्ने तर सन्दीपले पीडितको जन्मदर्ताको दर्ता किताबको प्रतिलिपि भनेर कागज पेश गरेपछि अदालतले प्रश्न उठाएको हो ।
गत साता जिल्ला अदालत काठमाडौंले उक्त जन्मदर्ताको कागज सन्दीपले कहाँबाट ल्याएका हुन् सनाखत गराई उनले उल्लेख गरेको ठाउँबाट प्रमाणित कागजात झिकाउनु भनी आदेश गरेको थियो ।

सोही आदेशका आधारमा सन्दीपले गत आइतबार जिल्ला अदालतमा कागज गरेको जिल्ला अदालत स्रोतले बतायो । आफूले हेर्दा उक्त प्रमाण गौशाला २६ सँग सम्बन्धित देखिएकाले न्याय निरुपणमा सहयोग हुनपुग्ने ठानी बयानका क्रममा पेश गरेको सन्दीपले बताएका छन् ।

उनले जिल्ला अदालतमा गरेको कागजमा भनेका छन्, ‘सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाहा छैन, वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो सो मलाई थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

सम्बन्धित

नेपाल–चीन संयुक्त वक्तव्य : अन्तरदेशीय प्रसारण लाइन र टोखा–छहरे सुरुङमार्ग अघि बढाउने सहमति

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com