ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकै पहिलो भारतीय स्पेश मिशन: चन्द्रमाको साउथ पोलमा चन्द्रयान–३ को सफल अवतरण


ABC NEWS

काठमाडौं ६ भदौ । भारतीय अन्तरिक्षयान चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण भएको छ । बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ यान चन्द धरातलमा अवतरण भएको हो ।

भारतको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा अवतरण भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौथो देश बनेको छ ।

अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो एक अविश्मरणीय भएको बताएका छन् । प्रधानमन्त्री मोदी व्रिक्स सम्मेलनका क्रममा साउथ अफ्रिकाको राजधानी जोहनेस्वर्गमा रहेका छन् ।
चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक अवतरण गराएका छन् ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो ।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।

चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायतका सबै किसिमका कमजोरी अध्ययन गरिएको हो ।

भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ। त्यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com