ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन आयोगको नेतृत्वमा सर्वोच्चका न्यायाधीश, दिइने छ पाँच शक्तिशाली अधिकार


abc

काठमाडौं, ६ साउन । साउन ३ गते बरामद भएको ६० किलोसहितका सुन तस्करी प्रकरणमा गठन गरिने छानबिन आयोगको नेतृत्व सर्वोच्च अदालतका न्यायाधीशले गर्ने भएका छन्।

जाँचबुझ ऐन, २०२६ अनुसार गठन गरिने आयोग शक्तिशाली हुनेछ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलको बुधबार सिंहदरबारमा बसेको बैठकले जाँचबुझ ऐन, २०२६ अनुसार सुन तस्करी सम्बन्धमा छानबिन आयोग गठन गर्ने निर्णय लिएको छ। उक्त आयोगले ५ असोजदेखि काम थाल्ने छ।

सुनकाण्डमा कसरी जोडिए कृष्णबहादुर महराका बाबुछोरारु
बैठकमा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङका अनुसार, छानबिन आयोगको नेतृत्व गर्ने न्यायाधीशको नाम न्याय परिषदले सिफारिस गर्नेछ।

जाँचबुझ ऐनको दफा ३ ९३० ले पनि आयोगको नेतृत्व गर्ने न्यायाधीशको नाम न्याय परिषदले सिफारिस गर्ने व्यवस्था गरेको छ।

यसरी गठन गरिने आयोग शक्तिशाली हुनेछ। ऐनको दफा ४ मा आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ।

जसअनुसार आयोगलाई कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई बयान लिन सक्नेछ। त्यस्तै कुनै व्यक्तिलाई कुनै लिखत पेश गर्न आदेश दिने, बुझ्ने र कुनै सरकारी वा सार्वजनिक कार्यालय तथा अदालतबाट कुनै लिखत वा त्यसको नक्कल झिकाउने अधिकार हुनेछ।

आवश्यकता परे छानबिन आयोगलाई थप अधिकार ऐनले प्रदान गरेको छ। यससम्बन्धी व्यवस्था ऐनको दफा ५ ले प्रष्टसँग गरेको छ।

महराका बाबु–छोरा मुछिएको सुनकाण्ड पनि छानबिन गर्नेछ जाँचबुझ आयोगले
दफा ५ ९क० अनुसार जाँचबुझ विषयसम्बन्धी कुनै वस्तु वा लिखत कुनै व्यक्तिका साथमा वा कुनै खास स्थानमा छ भन्ने आयोगलाई विश्वास हुने कारण भएमा प्रचलित कानुनको अधीनमा रही त्यस्तो व्यक्ति वा स्थानको तलासी लिन सक्नेछ।

कुनै राजपत्रांकित अधिकृतद्वारा त्यस्तो व्यक्ति वा स्थानको तलासी गर्न लगाउने र फेला परे त्यस्तो वस्तु वा लिखत कब्जा गर्ने वा गर्न लगाउने वा त्यस्तो लिखतको पूरै वा आंशिक नक्कल लिने वा लिन लगाउन सक्ने व्यवस्थासमेत ऐनले गरेको छ।

असोज ५ गते गठन गर्नेछ सरकारले जाँचबुझ आयोग

यसरी गठन गरिने आयोगलाई अवहेलनामा सजाय र माफीको अधिकारसमेत प्रदान गरिएको छ।

‘यस ऐन बमोजिम गठित आयोगले आफ्नो अवहेलनामा कारवाही चलाउन सक्नेछ। आयोगको अवहेलना ठहराएमा पाँच सय रुपैयाँसम्म जरिवान गर्न सक्नेछ’, ऐनको दफा ६ मा भनिएको छ, ‘तर आयोगलाई सन्तोष हुने गरी अभियुक्तले क्षमायाचना गरे निजलाई माफी दिन वा सजाय तोकिएको भए मिनाहा गर्न सक्नेछ।’

आयोगबाटै महराका बाबुछोरामाथि छानबिन हुने

जाँचबुझ आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण्बहादुर महराका बाबुछोरा मुछिएको ९ किलो सुन तस्करी प्रकरण पनि अनुसन्धान गर्ने भएको छ।

सदन खोल्नेदेखि छानबिन समिति बनाउनेसम्म सहमति जुट्यो

सत्ताधारीसहित राष्ट्रिय मान्यता प्राप्त सात दलले ६० किलो सुन तस्करीसहित गत माघमा विमानस्थलबाट बरामद भेपमा ल्याइएको ९ किलो सुन तस्करीबारे पनि आयोगद्वारा अनुसन्धान गर्ने सहमति भएको हो।

९ किलो सुन प्रकरणमा महराका र छोरा राहुल मुछिएका छन्। उनीहरुले सुन तस्करीमा संलग्न चिनियाँसँग नियमित फोन संवाद र भेटघाट गरेको कुरा सीआईबीको अनुसन्धानबाट खुलिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२४ महिना २४ बाचा सहित एनआरएनए अध्यक्षमा आरके शर्माले गरे औपचारिक उम्मेदवारी घोषणा

लामाबगरबाट ४ केजी सुन बरामद

सम्बन्धित

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने : कर्णाली प्रतिष्ठानको फड्को

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट– सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा

एमसीसी प्रमुख अलब्राइट १४ असोजमा नेपाल आउँदै

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com