ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महराका बाबु–छोरा मुछिएको सुनकाण्ड पनि छानबिन गर्नेछ जाँचबुझ आयोगले


abc

काठमाडौै, ६ साउन । सरकारले असोज ५ गते गठन गर्ने भनिएको जाँचबुझ आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण्बहादुर महराका बाबुछोरा मुछिएको ९ किलो सुन तस्करी प्रकरण पनि अनुसन्धान गर्ने भएको छ।

आज बिहान बसेको सर्वदलीय बैठकमा सत्ताधारीसहित राष्ट्रिय मान्यता प्राप्त सात दलले ६० किलो सुन तस्करीसहित गत माघमा विमानस्थलबाट बरामद भेपमा ल्याइएको ९ किलो सुन तस्करीबारे पनि आयोगद्वारा अनुसन्धान गर्ने सहमति भएको हो।

९ किलो सुनकाण्डमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको नामसमेत जोडिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गरेको अनुसन्धानको प्रतिवेदनमै उनीहरूले उक्त प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग पटकपटक फोन संवाद गरेको उल्लेख गरिएको छ। यद्यपि उनीहरूले भने फोन सम्पर्क हुँदैमा तस्करीमा संलग्न आरोप लगाउनु गलत भएको जिकिर गरिरहेका छन्।

बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख गरिएको छ।

सहमतिपत्रको बुँदा नम्बर २ मा भनिएको छ, ‘विदेशबाट इलेक्ट्रिक सिगरेट भेप्स मा सुन राखी अवैध पैठारी तस्करी गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी तस्करी गरिएको सुनलगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०र०६र०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

सम्बन्धित

नेपाल–चीन संयुक्त वक्तव्य : अन्तरदेशीय प्रसारण लाइन र टोखा–छहरे सुरुङमार्ग अघि बढाउने सहमति

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com