ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओभरटेक गर्ने क्रममा त्रिशूलीमा बस खसेको हुनसक्ने प्रहरी अनुमान


abc

काठमाडौै, ६ साउन । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।

साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्ने क्रममा बस नदीमा खस्न गएको प्रहरीले अनुमान गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर त्रिशूलीमा खसेको अनुमान गरिएको छ ।

“बस खसेको ठाउँ साँघुरो छ, ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने हामीले अनुमान गरेका छौँ,” एसपी मिश्रले भने, “काठमाडौंबाट आएको बस बायाँ ९भित्तातर्फ०बाट हुँदै आउने भए पनि ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दायाँ छेउतर्फ त्रिशूलीमा खसेको हुनसक्छ ।

नदीबाट २३ जनाको उद्धार गरिएकोमा आठजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाँकी १५ जनाको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिए ।

नदीको बहाव बढेका कारण केहीलाई बगाएको हुनसक्ने अनुमान गरिएको भए पनि सम्भावना कम देखिएको प्रहरीले जानकारी गराएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि सो क्षेत्रमा खोजी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

एमाले बागमती अधिवेशन– सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

चिताबाट युवतीको शव नियन्त्रणमा , पतिसहित ३ जना पक्राउ

देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

नेपालबाट सहायक कामदार इजरायल पठाउन सरकारले गर्यो तयारी

घट्यो सुनको भाउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com