ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूमाथि दुर्व्यवहार गरिएको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी


abc

काठमाडौ भदौ ६ । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।

अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो ।उनले अदालतको पत्रसमेत देखाएपछि मेयर ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । भिडिओ भाइरल भएसँगै मेयर साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनीयुक्त स्टाटस लेखेका थिए ।

अदालतको आदेश बेवास्ता गर्दै पुनस् वृक्षारोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए । सो भिडियोमा मेयरलाई अवरोध गर्ने रोजिना अधिकारी र उनका पति थिए । धरान(४ की रोजिनाले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको छ ।साउन ६ गते शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षारोपण गरेका थिए ।सो जग्गाको रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको छ । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै मेयर साम्पाङले अभियन्तासहित वृक्षारोपण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

सम्बन्धित

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

नेपाल र मित्र राष्ट्र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक

हुवावेको निरीक्षणपछि बेइजिङमा प्रधानमन्त्री प्रचण्डले भने – डिजिटल नेपाल बनाउने सपना छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com