काठमाडौ भदौ ६ । आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ
।मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल र एक लाख ९ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।








प्रतिक्रिया दिनुहोस्