चितवन । सोमबार राती ८ः३० बजे देखि पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक १७ घण्टापछि दुईतर्फी खुलेको छ ।
सडक डिभिजन भरतपुरले रातिदेखि नै पहिरो पन्छाउन मेसिनसहितको जनशक्तिको प्रयोग भइरहेको थियो ।
पहिरो पन्छाउन चार वटा मेसिनको प्रयोग गरिएको थियो ।
सडक डिभिजन भरतपुरका अनुसार नारायणगढ मुग्लिङ सडक खण्डमा गएको यो पहिरो यस वर्षकै सबैभन्दा ठूलो पहिरो हो ।
प्रतिक्रिया दिनुहोस्