काठमाडौं, ५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
५७ दिन लगाएर तयार गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह र डम्बरबहादुर श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले बतायो ।
प्रहरीको रायसहितको प्रतिवेदनलाई अन्तिम रूप दिएर अभियोजन गर्ने अधिकार सरकारी वकिल कार्यालयलाई हुन्छ ।
श्रेष्ठबाहेक जोशी, गच्छदार र साहले सोमबार सीआईबीसमक्ष बयान दिएका थिए ।
पूर्वप्रधानमन्त्रीद्वय डा। बाबुराम भट्टराई र माधवकुमार नेपाललाई भने साक्षीका रूपमा मात्र कागजी बयान गरिएको जनाइएको छ ।
सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्