ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरबाट संस्थागत विद्यालयको भागाभाग, धमाधम छिमेकी पालिकामा सर्दै


abc

काठमाडौं, ५ साउन । काठमाडौं महानगरपालिकाको कडा नीतिका कारण यहाँका संस्थागत विद्यालयले धमाधम स्थान परिवर्तन गर्ने क्रम बढेको छ।

महानगरले निजी विद्यालयलाई नियमन गर्नका लागि कडा नीति लिएपछि महानगर छाडेर उपत्यकाकै अन्य पालिकामा विद्यालयको स्थानान्तरण बढेको हो।

महानगरको शिक्षा विभागले मंगलबार निकालेको विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन दाबीविरोध सम्बन्धी सूचनामा भएका ६ विद्यालयमध्ये तीन वटाले काठमाडौंबाट अन्य पालिकामा जान खोजेका छन्।
सूचनामा काठमाडौं महानगरपालिका–१५ स्वयम्भूमा रहेको निर्भाणा एकेडेमी नागार्जुन नगरपालिका–५ मा जान खोज्दा महागरकै १५ नम्बर वडा छाउनीमा रहेको काठमाडौं भ्याली स्कूल नागार्जुन नगरपालिका–९ स्युचाटारमा सर्न सर्न लागेको छ।

महानगरको वडा नम्बर ६ बौद्धमा रहेको श्री बौद्ध सेकेण्डरी इङ्गलिस स्कूल गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा स्थानान्तरण हुन लागेको हो।

यसअघि पनि महानगरको १४ नम्बर वडामा भएको लिटिल बर्ड स्कुल कीर्तिपुर नगरपालिका–१ मा, महानगरको १५ नम्बर वडामा रहेको रेन्बो इन्टरनेसनल बोर्डिङ स्कुल नागार्जुन नगरपालिका–३ मा स्थानान्तरण भएका थिए।

महानगर प्रमुख बालेन्द्र शाहले यसअघि नै विद्यालयको नाम र चिन्हमा एकरुपमा ल्याउनका लागि भन्दै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ लाई कडाइका साथ कार्यान्वयन थालेपछि विद्यालयहरूको भागाभाग चलेको हो।

महाागरले विद्यालयको चिन्ह, नामकरणको विषयमा भएकै नीति कार्यान्वयनमा ल्याएको हो। नियमावलीमा विद्यालयको चिन्ह षड्कोण आकारको हुनुपर्ने र त्यसको बीचमा आफ्नो छुट्टै चिन्ह राख्न पाइने व्यवस्था गरिएको छ।

यस्तै संस्थागत विद्यालयको नामको सम्बन्धमा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने, नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने अनिवार्य गरेको थियो।

नियम लागू हुनुअगावै नामाकरण भइसकेका विद्यालयले पनि नियममा आउन आग्रह गर्दै महानगरले नआएको खण्डमा कारबाही गर्ने चेतावनी दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

सम्बन्धित

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने : कर्णाली प्रतिष्ठानको फड्को

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट– सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा

एमसीसी प्रमुख अलब्राइट १४ असोजमा नेपाल आउँदै

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com