ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीमाथि देउवापछि ओली खनिए– टार र कोट भन्या के हो ? यस्तो बोल्न मिल्छ ?


abc

काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए ।

उनले गृहमन्त्रीमाथि माओवादीका नेताहरु विभिन्न काण्डमा जोडिए पनि सामान्य अनुसन्धानसमेत नगरेको तर कांग्रेसका नेता छानी छानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । देउवा बढी आक्रोशित भएपछि गृहमन्त्री श्रेष्ठले नै विषयान्तर गरेका थिए ।

‘आज सभापतिज्यूलाई के भएछ रु किन आक्रोशित हुनुभएको रु’ भन्दै उनले विषयान्तर गर्न खोजेपछि रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले देउवालाई रोकेका थिए ।

ऋयचउयचबतभ द्यबबजचबपजबचष्
ब्नलष् न्चयगउ
सोमबार पनि गृहमन्त्री श्रेष्ठमाथि बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनमा ‘कोट पनि छोडिन्न टार पनि छोडिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर ओलीले आक्रोश व्यक्त गरेका थिए ।

“गृहमन्त्रीलाई गर्न खोजेको के हो भनेर ओली जङ्गिनुभयो । कोट नि छोडिन्न टार पनि छोडिन्न भनेको के हो रु गृहमन्त्रीको हैसियतबाट यस्तो भन्न मिल्छ रु कि प्रमाणित गर्नुहोस् नभए जे मन लाग्यो त्यही बोल्न मिल्छ रु भन्दै ओलीले आक्रोश पोख्नुभयो,” बैठकमा सहभागी ती नेताले भने ।

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई पत्रकारहरुले प्रश्न गरेपछि त्यसको जवाफमात्र दिएको भन्दै स्पष्टीकरण दिएको ती नेताले बताए ।

“मलाई राजनीतिक हस्तक्षेप भयो भने के गर्नुहुन्छ भनेर पत्रकारले गरेको प्रश्नमा भनेको हो । बालुवाटार वा बालकोटबाट दबाव आए पनि छानबिन रोकिन्न भनेको हुँ । नियोजित भनेको हैन भनेर गृहमन्त्रीले जवाफ दिनुभयो,” ती नेताले भने ।

तीन घण्टासम्म चलेको बैठकमा एक अर्काले घोचपेचमा उत्रिएको पनि उनले जानकारी दिए । सोमबार बसेको उक्त बैठकले एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति बनाउने र सदन चलाउने सहमति गरेको छ ।

समिति भने सीआईबीले प्रतिवेदन बुझाएपछि निर्माण गर्ने सहमति भएको ती नेताले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com