ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाजा खान गएको होटलमा हरायो सही गरेको चेक, खाताबाट २५ लाख गायब भएपछि तनाव


abc

काठमाडौं, ५ साउन । मकवानपुरको मनहरि गाउँपालिका ६ रुपाचुली निवासी ५५ वर्षीय शिवकुमार विक गत माघ १४ गते सोही वडामा पर्ने डिपाडस्थित होटलमा खाजा खान पसे। दिदीबहिनी होटलमा खाजा अर्डर गरेर झोला त्यहीँ छाडेर होटलपछाडि रहेको शौचालयमा गए। खाजा खाएपछि उनी वन समूहको कामले हेटौँडा बजार आउने तरखरमा थिए। तर सोही बेला उनको घरबाट श्रीमतीको फोन आयो, ‘घरमा बुहारी बिरामी भइन्, तपाईं तुरुन्त घर आउनुपर्‍यो।’ हतारहतार उनी घर लागे।

त्यो दिन यसै बित्यो। भोलिपल्ट बैंकको काम गर्न हेटौँडा आउन लागेका शिवकुमारले आफ्नो झोलामा भएको चेक भेटेनन्। ‘कतै पर्‍यो होला भनेर निकै बेर खोजी गरेँ। तर नागरिकता र दुईवटा चेक हराएको थाहा पाएपछि मन चिसो भयो’, उनले भने, ‘चेकमा सही र संस्थाको छाप दुवै लगाइसकिएको थियो।’

जति खोजी गर्दा पनि उनले उक्त चेक र नागरिकता भेटेनन्। शिवकुमार स्थानीय सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुन्। चेक नभेटिएपछि वन समूहको बैठक डाके। हस्ताक्षर गरिएको चेक हराएको निर्णय गराएपछि प्रहरी र सब(डिभिजन वन कार्यालयमा निवेदन दिए। ‘चेक हराउँदैमा आत्तिहाल्न पर्दैन होला, पैसा त निकाल्न नमिल्ला नि भन्ने सोचेको थिएँ। तर मैले सोचेको भन्दा फरक भइसकेको रहेछ। जुन कुरा थाहा पाएपछि म छाङाबाट खसेजस्तै भएँ’, उनले भने।

होटलबाटै गायब भयो चेक
शिवकुमारले माघ १४ गते खाजा खाएको होटलबाटै उनको चेक चोरी भएको रहस्य तब खुल्यो, जब उनी र वन समितिका पदाधिकारीहरु बैंक खाताको स्टेटमेन्ट हेर्न राष्ट्रिय वाणिज्य बैंक पुगे। उनी अध्यक्ष रहेको सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहले वन्यजन्तुका लागि कुवा र काठेपुल निर्माण सम्पन्न गरेको थियो। उक्त कामको भुक्तानी दिन शिवकुमारले आफ्नो समूहका कोषाध्यक्षको सही गराएर छाप लगाएर ल्याएका थिए।

निर्माण सम्पन्न गरेका कामदारहरुलाई आवश्यकताका आधारमा भुक्तानी दिन तयारी गरेका उनले वाणिज्य बैंकमा रहेको वन समूहको खातामा कति पैसा छ भन्ने थाहा पाउन बैंक पुगेर स्टेटमेन्ट हेर्दा उनी अतालिए। कारण वन समूहको २५ लाख रुपैयाँ खाजा खाएको होटलकै साहुको खातामा गएको बैंक स्टेटमेन्टले देखायो।

चोरिएको चेक प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको खाताबाट माघ १८ गते हेटौँडामै रहेको कामना सेवा विकास बैंकमा रहेको लालकुमार थिङको खातामा रकम ट्रान्सफर भएको देखिएको उनी बताउँछन्।

जनप्रतिनिधिकै मिलेमतो रहेको आरोप
चारी भएको चेकको रकम फिर्ता नगराउन जनप्रतिनिधिकै मिलेमतो रहेको शिवकुमारको आरोप छ। चेक चोरी गरेर खाताको पैसा निकालेको थाहा पाएपछि उनले स्थानीय जनप्रतिनिधि मनहरि ६ का वडाध्यक्ष युवराज थपलियालाई गुहार मागे। विकास भनेर चिचिने लालबहादुर थिङसँग फरार हुनुअघि पटकरपटक छलफल पनि भएको उनी बताउँछन्।

यस क्रममा लालबहादुरले चेक चोरी गरेको स्वीकारेको दाबी गर्दै उनले भने, ‘फागुन २० गतेभित्र उक्त पैसा फिर्ता गर्ने मौखिक सहमति भएको थियो। तर त्यो बेला पनि प्रहरीले कुनै कागज गरेको थिएन। पैसा जम्मा गर्ने सर्तमा छुटेका लालबहादुर अहिले सम्पर्कमै छैनन्।’

उनलाई भगाउन वडाध्यक्ष थपलियाले नै प्रयास गरेको दाबी शिवकुमारको छ।

‘मैले उजुरी दिनपर्‍यो भन्दा पर्ख न म मिलाउँछु भन्नुभयो’, शिवकुमार भन्छन्, ‘होला त भनेर मैले केही गरिनँ। त्यसको केही दिनमै लालबहादुर फरार भए। मैले अब के गर्ने त अध्यक्षज्यू भनेर सोध्दा उजुरी देऊ भन्नुभयो। नभागुन्जेल केही नगर भन्नेले भागेपछि उजुरी देऊ भन्नु नै उहाँले भगाउन खेल खेल्नुभयो भन्ने लागेको छ।’

आफूले न्यायका लागि हात जोड्न जाँदा के गर्नु त लालबहादुरले चुनावका बेला खसी सहयोग गरेको छ, म त केही गर्न सक्दिनँ भनेर जवाफ दिएको शिवकुमार बताउँछन्। यस विषयमा जानकारी लिन खोज्दा वडाध्यक्ष थपलिया भने सम्पर्कमा आउन चाहेनन्।

रकम उठाउन सब(डिभिजनको ताकेता
यता सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहले रकम हिनामिना गरेको भन्दै सब(डिभिजन वन कार्यालयरीले ताकेता गरेको छ। वन उपभोक्ता समूहको खाताबाट एकैपटक मोटो रकम हिनामिना हुनुमा समिति नै जिम्मेवार रहेको भन्दै उसले रकम जम्मा गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ।

‘राज्यकोषको रकम रहेको खाली चेकमा सहि छाप गरेर बेवारिसे अवस्थामा छाडेर शौचालय जाने व्यक्तिको दोष नभएको भन्ने होला त’, सब(डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले भने, ‘उक्त वन समूहको बदमासी देखिन्छ। १४ गते चेक हराएको १५ गते थाहा पाएपछि चेक हरायो भनेर बैंकमा खाता बन्द गर्न निवेदन दिनुपर्ने ठाउँमा उपभोक्ता समूको बैठक राख्नु गल्ती भयो।

उनले थपे, ‘हस्ताक्षर गरेर संस्थाको छाप लगाएको चेक त्यसरी बोकेर हिँड्नु नै गल्ती हो। दोस्रो गल्ती चेक हराएपछि खाता बन्द किन गरिएन भन्ने हो। खाताको रकम १८ गते निकालेको देखिन्छ। त्यो ४ दिनसम्म हामीलाई समूहका अध्यक्षले किन जानकारी दिएनन् भन्ने कुरा गम्भीर छ।’

आचार्यका अनुसार उक्त विषयमा अख्तियारमा उजुरीसमेत परेको छ। रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत स्पष्टीकरण माग गर्दै पत्र काटेको छ। जसरी भए पनि राज्यकोेषको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्ने उनको भनाइ छ। आरोपितलाई कारबाही गर्ने जिम्मा आफ्नो क्षेत्राधिकारभित्र नरहेको कारण सब(डिभिजन वन कार्यालयले उपभोक्ता समूहका पदाधिकारीलाई नै ताकेता गरेको आचार्य बताउँछन्।

प्रहरीले खोज्दा पनि भेटाएन आरोपित
प्रहरीले खोज्दा पनि आरोपित लालकुमार थिङलाई फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय मनहरि, मकवानपुर का प्रहरी निरीक्षक कृष्णराज ढकाल बताउँछन्।

चैतमा मुद्दा दर्ता भएकामा खोजी जारी राख्दा पनि लालबहादुर फेला नपरेको उनको भनाइ छ।

‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धानका लागि लालकुमारलाई पक्राउ गर्न खोजेका त हौँ, तर फेला पार्न सकिएन। अहिले यो मुद्दा अदालतमा दर्ता भएको छ। अदालतको फैसला आएपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुन्छ’, प्रहरी निरीक्षक ढकालले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सम्बन्धित

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

नेपाल एयरलाइन्सको न्यारोबडीमा पुनः समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com