काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बिहान साढे ११ बजे बस्ने गरी देउवाले आफ्नो निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् ।
सभापति देउवाले पार्टीको सांगठनिक गतिविधि र मुुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीका अनुसार बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा र दोस्रो चरणको अभियानबारे छलफल हुने भएको छ ।
नगरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको कांग्रेसले दोस्रो चरणको अभियान गर्दैछ ।







प्रतिक्रिया दिनुहोस्