ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, अध्यक्षता गर्ने सांसदले पनि मत दिने


abc

काठमाडौं, ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन्।

गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका उनले २० दिनपछि विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले थापाले विश्वासको मत सोमबार नै लिने निर्णय भएको बताएका छन्।

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको उनले बताएका छन्।

उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै अनुपस्थित भएर काठमाडौं गएपछि प्रदेशसभा बैठक अध्यक्षमण्डलका सदस्य एवम् नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरीले चलाउने भएका छन्।

उनै मन्सुरीको मतसमेत हिसाब गरेर सत्ता गठबन्धनले बहुमत अर्थात् ४७ जना सांसद पुर्‍याउने नयाँ फर्मुला ल्याएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुमत पुग्न नदिन उपसभामुख दुनवार र अन्य ८ जना सांसदलाई अनुपस्थित गराउने निर्णय गरिसकेको छ।

माओवादी केन्द्रका सांसद दुर्गा चापागाईंले प्रदेशसभा बैठकको अध्यक्षता गर्ने कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि भोट दिएपछि बहुमत पुग्ने बताए।

अब असार २१ गते सभामुख बाबुराम गौतमले बहुमत पुर्‍याउन हस्ताक्षर गरेका थिए। अब फेरि गठबन्धनले बैठकको अध्यक्षता गर्नेलाई पनि मत हाल्न लाउने रणनीति बनाएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com