ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत लिने अनिश्चित : मुख्यमन्त्री भन्छन्– नबस्ने भए बैठक किन बोलाएको ?


एबीसी न्यूज

काठमाडौं, ४ साउन । कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी परेर अस्पताल जाँदै गरेको भन्दै आजको बैठकमा अनुपस्थित हुने भएकी छन् । कोसी सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि उनले आफैँले मिति तोकेर बैठक बोलाएकी थिइन् ।

उनले बिरामी परेर अस्पतल जाँदै गरेको जानकारी गराएको मुख्यमन्त्री थापाले बताए । “सभामुखले आजको दिन भनेर तोकिदिएको दिन थियो । उहाँले नै आजको बैठक बोलाउनुभएको हो,” थापाले भने, “उहाँ नै अनुपस्थित भएपछि आजको दिन विश्वासको मत लिने कुरा सम्भव नहोला । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ, १३ गतेसम्म म विशवासको मत लिनेछु ।”

‘नेकपा एमालेको निर्देशनमा उपसभामुख अनुपस्थित हुन लागेकी हुन् रु’ भन्ने प्रश्नमा थापाले पार्टीका विषयमा आफ्नो चासो नरहेको बताए ।

“सभामुखको रूपमा भूमिका निर्वाह गर्ने कुरा उहाँको हो । विश्वासको मत लिने कुरामा सहभागी हुने इच्छा नहुँदो हो त उहाँले मिति पनि नतोक्नुपर्थ्यो,” उनले भने, “पार्टीका विषयमा मेरो कुनै टिप्पणी छैन । संसदीय व्यवस्थामा बैठक बोलाएर सभामुख आफैँ अनुपस्थित हुने कुराले व्यवस्थालाई नै धरापमा पार्छ ।”

उनले आफू सहमति र सहकार्यकै पक्षमा रहेको भन्दै हरेक दलले जिम्मेवार भएर निर्णय लिने विश्वास व्यक्त गरे ।

उनले अघिल्लो सरकारको बजेट कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको बताए । नयाँ सरकार बनाएपछि बजेट पनि आफ्नै ल्याएर कार्यान्वयन गर्ने उनले स्पष्ट पारे ।

“नयाँ, पुरानो भन्दिनँ, हामी आफ्नै सरकार बनाउँछौँ, आफ्नै बजेट ल्याउँछौँ,” मुख्यमन्त्री थापाले भने ।

उनले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिए । प्रदेशसभा बैठक सञ्चालनका विषयमा पनि त्यहीँ छलफल हुने उनले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com