ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी आइतबार बेलायतमा नेपाली मेला


abc tv

बेलायत । तमुधिँ युकेले आयोजना गर्दै आएको नेपाली मेलाको तयारी पूरा भएको छ । १४औं नेपाली मेला अगष्ट २७ तारिख आइतबारका दिन केम्प्टन पार्कमा आयोजना हुँदैछ ।

मेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक परशु गुरुङले मेलाको सम्पूर्ण तयारी भएको जानकारी दिए । उनले भने, ‘बिबिध कार्यक्रमहरुको साथमा आयोजना गर्न हामी तयार भईसकेको कुराको यहाँहरु सम्पूर्णलाई सहर्ष जानकारी गराउँन चाहन्छौं ।’

नेपालबाट हजारौं माइलको दूरीमा रहेतापनि आफ्नो भाषा, भेषभूषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई जीवन्त राख्ने उद्देश्यले तमुधिँ युकेले बेलायती भूमिमा स्थापित बिभिन्न संघसंस्था समुदायहरुहरुको सहकार्य हौसला, साथ र सहयोगले नेपाली मेला जस्तो बिशाल कार्यक्रमको आयोजना गर्न सक्षम भएका छन् ।

मेलाको तयारीबारे जानकारी दिँदै संयोजक परशु गुरुङले भने, ‘एकातिर यस कार्यक्रमको आयोजनाले नेपाली समुदाय, संघ संस्थाहरु बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने अर्कोतिर यहाँका स्थानिय बासी समक्ष हाम्रो नेपाली कला र संस्कृति प्रस्तुत गर्ने एक थलो बनेको छ । अर्को महत्वपूर्ण कुरा भनेको यो कार्यक्रमको नयाँ पुस्ताहरुलाई नेपाली भाषा, कला र संस्कृतिलाई हस्तान्तरण गराउने एक माध्यम पनि हो र बिस्तारै आफ्नो परम्परालाई जीबन्त राख्न सकोस भन्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’

यस वर्ष युवा आकर्षण बढाउन मेला आयोजकले विशेष कार्यक्रम अघि सारेको छ । युवाहरुलाई प्रस्तुतिका लागि समय व्यवस्थापन गरिएको र पुरस्कार तथा मेडलको समेत व्यवस्था गरिएको जनाएको छ ।

मेलाको विशेष आकर्षण भनेको झाँकी हो । झाँकीमा सहभागी हुने संस्थाहरुका लागि पुरस्कारको व्यवस्था गरेको छ । मेलामा ३२ संघसंस्था र समुदायको झाँकीको सहभागिता रहने छन् ।

मेलामा १० हजारको उपस्थिति रहने अनुमान गरिएको छ । त्यस्तैगरी मेलामा रेष्टुरेण्ट, उद्यमी र ब्यापारीहरु गरी ३७ वटा स्टलहरु दर्ता भइसकेको संयोजक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङको उम्मेदवारी घोषणा

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व संकलन

जापानका भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

नेपाली मूलकी छोरी प्रिती लिम्बू बेलायतमा काउन्सिलरमा विजयी

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com