काठमाडौ भदौ ४ । झापा, मोरङ र सुनसरीमा ठूलो वर्षा भएको छ । मोरङको लेटाङ, सुनसरीको सप्तकोशी चतारा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।झापा, मोरङ, सुनसरी भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आसपास भइ बहने साना नदी तथा खोलाका बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।यस्तै, महाकाली नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सक्ने सम्भावना रहेकाले आज र भोलि सतर्कता अपनाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस्