ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हातको शल्यक्रिया गराएका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ?


abc

काठमाडौं, ३ भदौ । जलनपछि नियमित उपचारमा रहेका नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारीकोे दायाँ हातको शल्यक्रिया गरिएको छ । कीर्तिपुर बर्न अस्पतालमा शल्यक्रियापश्चात् भण्डारी पुरानो बानेश्वरस्थित डेरामा आराम गरिरहेका छन् ।

केही दिन अझै विशेष स्याहार गर्नुपर्ने र उनी हिँड्डुल गर्ने अवस्थामा नरहेको भण्डारीकी श्रीमती डा। लक्ष्मी पाण्डेले बताइन् ।

कीर्तिपुरमा के गरियो रु
भारतमा उपचार गराएर फर्किएपछि भण्डारी निरन्तर थेरापीमा रहेका थिए । दायाँ हातमा जलनको गहिरो चोट थियो । भारतमा नै दायाँ हातको दुईपटक शल्यक्रिया गरिएको थियो । पछिल्लो समय त्यही हातमा छाला बढेपछि शल्यक्रिया गरिएको हो ।

६ घण्टा लामो शल्यक्रियाका लागि कीर्तिपुर अस्पतालको चिकित्सक टोलीलाई साथ दिन क्यानडाबाट वरिष्ठ प्लास्टिक सर्जन डा। टिम स्प्रोउल नेपाल आएका थिए । शल्यक्रिया गरिएको हातमा भण्डारीको पेटको भागबाट छाला निकालेर प्रत्यारोपण गरिएको सो अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा। किरण नकर्मीले जानकारी दिए ।

डा। नकर्मीका अनुसार शल्यक्रियापछि आउँदो मंगलबार पहिलो ड्रेसिङ गरिनेछ । पहिलो ड्रेसिङपछि उनको हातको अवस्थाबारे थप बताउन सकिने उनको भनाइ छ ।

पहिलो ड्रेसिङको एक सातापछिदेखि शल्यक्रिया गरिएको हातको दैनिक थेरापी गर्नुपर्ने डा। नकर्मीले बताए ।

०७९ फागुन ३ गते राति काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास चुहिएर आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । शरीरको ७० प्रतिशत भाग जलेकी हरिकलाको उपचारका क्रममा भोलिपल्ट कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीको भने अनुहार, दायाँ हात र खुट्टा गरी शरीरको ३० प्रतिशत भाग जलेको थियो । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा ७२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो । त्यसयता कीर्तिपुर र फ्रन्टलाइन अस्पतालका चिकित्सकले उनको थेरापी र फलोअप उपचार गरिरहेका थिए ।

पछिल्लो समय भण्डारी संसद्, संसदीय समिति र दलको बैठकमा पनि उपस्थित भइरहेका थिए ।

उनी भारतमा रहँदा विभिन्न देशमा रहेका नेपालीले उपचारका लागि भन्दै केही रकम समेत पठाएका थिए । आफूले त्यो रकमबाट उपचार गराउँदा जनताको अपमान हुने भन्दै उनले लिन मानेका थिएनन् । भारतमा उपचार गराउँदा झन्डै एक करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

“म जनताको एक रुपैयाँ लिन्नँ, बरु त्यो पैसा अस्पताल बनाउन जाओस्, हजारौँ नेपालीले मजस्तै पुनर्जीवन पाऊन्,” सांसद भण्डारीले भने । उनको उपचारमा राज्यकोषबाट पनि रकम नलिइएको परिवारले जनाएको छ ।

पछिल्लो शल्यक्रिया भने कीर्तिपुर अस्पतालले निःशुल्क गरेको थियो । डा। स्प्रोउल आफ्नै खर्चमा क्यानडाबाट नेपाल आई उपचारमा संलग्न भएको अस्पतालले जनाएको छ ।

भण्डारी र महजोडीको संरक्षणमा कीर्तिपुर अस्पतालमा जलन कोष समेत स्थापना गरिएको छ । जलनको महँगो र संवेदनशील उपचार हुने भएकाले न्यून आय भएका नागरिक समेत वञ्चित नहून् भन्ने उद्देश्यले कोष स्थापना गरिएको उनकी श्रीमती लक्ष्मी बताउँछिन् ।

सो कोषमा जम्मा हुने रकमबाट सामाजिक सेवा इकाइमार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको निःशुल्क उपचार गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com