ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमै बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु


ABC NEWS
भाद्र ३, २०८० आईतबार  १० : ३१ बजे

काठमाडौं ३ भदौ । काठमाडौंमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरका अ नुसार काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर हुने अन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नामथर वतन बताउन नसक्ने अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेका गोर्खा दरौँदी यातयात सेवा कम्पनी प्रालिको बस धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका ४१ वर्षीय दानबहादुर थापाले चलाएका थिए भने मोटरसाइकल चलाउने व्यक्तिको नामथर वतन खुल्न सकेको छैन। दुवै सवारीसाधन र चालकलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com