ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकांश बैंकको निक्षेप ब्याजदर बढ्यो, साउनमा बढाएकाले भदौमा घटाए


abc

काठमाडौं, ३२ साउन । वाणिज्य बैंकहरूले भदौका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक ब्याजदरअनुसार अधिकांश वाणिज्य बैंकले ब्याजदर बढाउने भएका छन् ।

तर, साउनमा व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका एनएमबि, प्राइम कमर्सियल, कुमारी र एनआईसी एसिया बैंकले भने घटाएका छन् । यी बैंकले ०।०३ प्रतिशत विन्दुदेखि ०।९४ प्रतिशत विन्दुसम्म ब्याजदर घटाएका हुन् ।

बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार एनएमबि बैंकले ०।९४ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । साउनमा मुद्दती निक्षेपमा १०।९३ प्रतिशत ब्याज दिँदै आएको यो बैंकले भदौमा ९।९९ प्रतिशत दिने भएको छ ।

तर, २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर बढाउनेमा सरकारी बैंकहरू छन् । सरकारी स्वमित्वका नेपाल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा एकदेखि करिब दुई प्रतिशतसम्म ब्याजदर बढाएका छन् ।

अहिले बैंकहरूमा तरलता सहज छ । तर, कर्जा माग भने कम भएको माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन् । साउनमा ब्याजदर बढाएका बैंकहरूले केही घटाएका र आगामी दिनमा सबै बैंकको एउटै रेसियोमा ब्याजदर आउने उनको बुझाइ छ ।

“ब्याजदर घटबढ हुनु ‘नेचुरल प्रोसेस’ हो । अर्को महिना सबै बैंकको भद्र सहमति नभए पनि ‘मोर अर लेस’ एउटै हुन सक्छ,” उनले भने, “बैंकहरूले आन्तरिक ‘मेनेज’ गरेका हुन् । धेरै ब्याज बढेको हैन ।”

केही समयअघि स्थानीय तहको रकम निक्षेपका गणना गर्न नपाउँदा बैंकहरूलाई असहज भएको थियो । तर, अहिले बैंकहरूमा तरलता सहज भएको छ । कर्जा माग कम हुँदा बैंकहरूमा तरलता पर्याप्त भएको कोइराला बताउँछन् ।

“स्थानीय तहको निक्षेप ‘काउन्ट’ गर्न नपाउँदा ‘प्राक्टिकल्ली’ घटेको थियो । हाल त्यस्तो ठूलो असर बजारलाई परेको छैन,” उनले भने, “लोनको डिमान्ड पनि छैन । बैंकहरूले ‘एग्रेसिभ्ली’ निक्षेप बढाउने स्थिति पनि छैन । भदौदेखि ब्याजदर लगभग एउटै हुन सक्छ ।”

नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

राष्ट्र बैंकका अनुसार सोमबारसम्म कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ८३।६९ प्रतिशत कायम छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले निर्देशन दिएअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग थप तीन खर्ब ६६ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

तीन सरकारी बैंक कुनको कति ब्याजदर रु

सञ्चालित २० वाणिज्य बैंकहरूमध्ये नेपाल बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंक अर्धसरकारी बैंक हुन् । कृषि विकास र नेपाल बैंकले सर्वसाधारणलाई सेयर जारी गरेका छन् । तर, राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणलाई सेयर जारी गरेको छैन ।

यी वाणिज्य बैंकमध्ये भदौमा नेपाल र कृषि विकास बैंकले १०।८९६ प्रतिशत ब्याज दिने भएका छन् । तर, राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दतीमा अधिकतम ९।९९ प्रतिशत ब्याज दिने भएको छ । साउनमा वाणिज्य बैंकले ८।९९ प्रतिशत ब्याजदर दिएको थियो । साउनमा कृषि विकास बैंकले ९।५१ प्रतिशत र नेपाल बैंकले ८।९९ प्रतिशत ब्याज दिएको थियो ।

साउनमा दोहोरो अंक ब्याज दिएका बैंक

साउनमा कुमारी, एनआईसी एसिया, प्राइम कमर्सियल, एनएमबि र नबिल बैंकले मात्र दोहोरो अंकमा व्यक्तिगत निक्षेपमा ब्याज दिएका थिए । साउनमा यी बैंकले व्यक्तिगत निक्षेपमा ९।९९ प्रतिशतदेखि एकैपटक बढाएर १०।९४ प्रतिशतसम्म ब्याज दिएका थिए ।

साउनमा सबैभन्दा बढी ब्याजदर कुमारी बैंक र एनआईसी एसिया बैंकको थियो । यी दुई बैंैकले साउनमा व्यक्तिगत निक्षेपमा १०।९४ प्रतिशत दिएका थिए । तर, यी बैंकले भदौमा भने ब्याजदर केही घटाएका छन् । एनआईसी एसियाले ०।०४ र कुमारीले ०।०४१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । सर्वाधिक ब्याजदर घटाउनेमा एनएमबि बैंक रहेको छ । यो बैंकले ०।९४ प्रतिशतले ब्याजदर घटेको छ ।

चार वाणिज्य बैंकको ब्याजदर स्थिर

भदौमा चार वाणिज्य बैंकले भने साउनमा व्यक्तिगत मुद्दतीमा दिँदै आएको ब्याज नै दिने भएका छन् । यसरी ब्याजदर स्थिर राख्नेमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र नेपाल एसबिआई बैंक रहेका छन् ।

यी बैंकले व्यक्तिगत निक्षेपमा ९।९९ प्रतिशत ब्याज दिने भएका छन् । संस्थागत निक्षेपमा भने यी बैंकले ब्यक्तिगत निक्षेपभन्दा दुई प्रतिशत विन्दुभन्दा कम ब्याजदर दिने भएका छन् । यी बैंकले व्यक्तिगत निक्षेपमा ७।९९ प्रतिशत ब्याजदर दिन लागेका हुन् ।

यो ब्याजदर भोलिदेखि लागु हुनेछ । यी बैंकले व्यक्तिगत निक्षेपमा गत महिनाकै ब्याजदर कायम गरेसँगै कर्जाको ब्याज पनि नबढ्ने भएको छ ।

भदौमा संस्थागत निक्षेपको अधिक ब्याजदर ८।८९६ प्रतिशत र न्यूनतम ६।९२ रहेको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकले संस्थागत निक्षेपतर्फ ६।९२ प्रतिशत ब्याजदर दिने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

सम्बन्धित

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com